Logo बिहिवार, आश्विन १ गते २०८३
images

एनएमबि बैंकका ग्राहकलाइ लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजमा १५% छुट 

एनएमबि बैंकका ग्राहकलाइ लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजमा १५% छुट 

  • 3.4K
    SHARES

  • एनएमबि बैंकका ग्राहकलाइ लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजमा १५% छुट 

    बुटवल, चैत  ८।

    एनएमबि बैंक लिमिटेड र  बुटवल स्थित  लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रालि ( पुरानो लुम्बिनी नर्सिङ होम) बीच एक सम्झौता भएको छ। सम्झौता अनुसार  एनएमबि बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकले  लुम्बिनी हस्पिटल एन्ड कलेजबाट प्रदान गरिएको सम्पूर्ण  सेवामा १५% छुट पाउनेछ्न ।

    सम्झौतामा डाक्टर शुल्क, फार्मेसी, डिलक्स बेड, अर्थोपेडिक इमप्लान्टस र ट्रीटमेन्ट इक्युमेन्ट र शैक्षिक कार्यक्रमहरु छुटमा समावेश गरिएको छैन । यस बाहेकका सबै सेवामा एनएमबि बैंकका कर्मचारी र ग्राहकले १५% छुट पाउने बैंकका बुटवल मिलनचोक शाखा प्रबन्धक नविन पोख्रेलले जानकारी दिनुभयो । आफ्ना ग्राहकलाइ उपचारको क्रममा राहत होस्  भनेर सम्झौता गरिएको उहाले बताउनुभयो ।

    सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख नबिन बिष्ट  र लुम्बिनी हस्पिटल एन्ड कलेज प्रालिका कार्यकारी निर्देशनक भिम प्रसाद तुलाचनले हस्ताक्षर गर्नुभएको छ । एनएमबि बैंक लिमिटेड बुटवल मिलनचोक शाखा नविन पोख्रेल  र लुम्बिनी हस्पिटल एन्ड कलेज प्रालिका कार्यकारी निर्देशक भिम प्रसाद तुलाचनले सो हस्ताक्षरित सम्झौता आदानप्रदान गर्नुभएको थियो । यो सम्झौता एकबर्षको लागि हुनेछ। दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ।

    सम्झौताले एनएमबि बैंक लिमिटेडका सम्पूर्ण  कर्मचारी  एवं  एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरु सो सुबिधा लिइ लाभान्वित हुने मिलनचोक शाखाको बिडिएम कविता गौतमले बताउनुभयो।  छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग,  मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्ने उहाँले जानकारी दिनुभयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology