Logo बिहिवार, आश्विन १ गते २०८३
images

खुदो र गुँणको पहिचान बनाउँदै गुल्मी थोर्गाका उँखु किसान  

खुदो र गुँणको पहिचान बनाउँदै गुल्मी थोर्गाका उँखु किसान  

  • 2.0K
    SHARES

  • खुदो र गुँणको पहिचान बनाउँदै गुल्मी थोर्गाका उँखु किसान  

    बुटवल,चैत ८ ।

    रुरुक्षेत्र गाउँपालिका स्थित थोर्गा गाउँ उँखु खेतीको लागि प्रख्यात मानिन्छ । त्यहाँका किसानहरुको मुख्य आम्दानी उँखु हो । बारीमा लगाएको उँखु काट्न यतिबेला त्यहाँका किसानहरुलाई भ्याई नभ्याई छ ।

    बिहानैदेखि साँझसम्म अधिकांस किसानको समय उँखुबारीमै बित्ने गर्दछ । यो समय थोर्गेलीहरु लागि उँखु पेलेर खुदो र गुँड बनाउन ब्यस्त छन ।  बारीमा लगाएको उँखुले राम्रो बजार पाउन थालेपछि गुल्मीका  किसानले उँखुको रसबाट खुदो र गु“ड (सखर) बनाएर आजभोली राम्रो आम्दानी भएकाे कृषक चोलानाथ ज्ञवालीकाे भनाइ छ ।

    थोर्गामा परम्परादेखि खुदो र गुँड उत्पादन गर्दै आएका चोलानाथ ज्ञवालीले यतिवेला उखुको खुदो र गुँड बिक्रि गरेर वार्षिक ६ लाख भन्दा बढी आम्दानी गर्दै आएका किसान हुन । थोर्गाको खुदो र गुँड नेपाली बजारमा परिचित नाम हो । थोर्गाको गुँड र खुदो कोशेलीको रुपमा छिमेकी जिल्लादेखि बिदेशसम्म पुग्ने गरेको छ । थोर्गाको गुँड भनेपछि नेपालका धेरै जिल्लामा प्रख्यात भैसकेको  छ ।

    उँखुका लागि जिल्लाकै पकेट क्षेत्र मानिएका बलेटक्सार, थानपति, थोर्गा, हर्दिनेटा, दिगाम र हु“गाका किसानहरु वर्षौदेखि उँखुको व्यवसायीक खेतीमा लागेका छन ।

    खुदो र सखर बिक्रि गरेर किसानले आजभोली राम्रो आम्दानी गर्न थालेका छन ।रुरुक्षेत्र गाउँपालिकाले पनि उखु किसानहरुका लागि वीउमा अनुदान उपलब्ध गराउने योजना बनाएको छ । किसानहरुलाई व्यवसायीक बनाउनका लागि पालिकाले आधुनिक मेशिन स्थापना गरि मिठाई उत्पादन गर्ने र त्यसको प्याकेजिङ्ग र ल्याबलिङ्ग गरेर बिक्रि गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए ।

    कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीेका अनुसार जिल्लाको खेती योग्य जमिन मध्ये एक सय ७२ हेक्टर क्षेत्रफलमा व्यवसायीक उँखु खेती गरिएको छ । उक्त क्षेत्रफलमा वार्षिक चार करोड मूल्य बरावरको उखु उत्पादन हुने गरेको भण्डारीले बताए । उनले उत्पादनको विविधिकरणसँगै उत्पादनमा वृद्धिगर्दै यसको क्षेत्रफल विस्तार गर्ने योजनामा रहेको बताए ।ukhu.jpg

    जिल्लाको रुरुक्षेत्र र छत्रकोट गाउँपालिकामा गरि चार सय २८ घरधुरीका किसानहरु व्यावसायीक उखु खेती गर्दै आएका छन । जिल्लाबाट वार्षिक दुई करोड बरावरको खुदो र गुड बाहिर निर्यात हुँदै आएको छ भने अन्य आन्तरिक बजारमा खपत हुँदै आईरहेको कृषि अधिकृत हरि प्रसाद आचार्यले बताएका छन ।

    यसरी जिल्लामा उखुबाट उत्पादित खुदो र गुडलाई समयमै बिविधिकरण गरि मिठाई र चकलेटका विभिन्न परिकारहरु बनाउन सक्नेहो भने गुल्मीलाई कफीसँगै खुदो र गुडको जिल्ला भनेर पनि सहजै चिनाउन सकिन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology