Logo बिहिवार, आश्विन १ गते २०८३
images

ओमसतियाका विद्यालय निरिक्षणमा पुगे गाउँपालिका अध्यक्ष यादव

ओमसतियाका विद्यालय निरिक्षणमा पुगे गाउँपालिका अध्यक्ष यादव

  • 1.2K
    SHARES

  • ओमसतियाका विद्यालय निरिक्षणमा पुगे गाउँपालिका अध्यक्ष  यादव

    बुटवल,चैत ८ ।

    रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) र उपाध्यक्ष सुनिता चौधरीले गाउँपालिकामा रहेका विभिन्न सामूदायिक विद्यालयमा पुगेर अनुगमन तथा निरीक्षण गरेका छन् ।

    ओमसतिया गाउँपालिकामा जारी रहेको गाउँपालिका स्तरिय कक्षा ८ को परिक्षा केन्द्रहरुमा अध्यक्ष यादव र उपाध्यक्ष सुनिता चौधरीको अलग अलग टिमले अनुगमन गरेका हुन् । विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने र परिक्षालाई मर्यादित एवम सहज बनाउन विद्यालयमै पुगेर अनगुमन गरिएको अध्यक्ष यादवले बताए ।

    गाउँपालिकाले शिक्षा क्षेत्रलाई  प्राथमिकतामा राखेको छ’, विधार्थी र अभिभावकहरुलाई आग्रह गर्दै उनले भने, ’यदि कुनै विधालयमा केही कमी कमजोरी छ भने हामीलाई जानकारी गराउनुस् ।’

    कक्षा ८ को परिक्षा बिद्यार्थीहरुको पहिलो बोर्ड परिक्षा जस्तो भएकोले नआत्तिकन परिक्षा दिन उपाध्यक्ष चौधरीले बिद्याथीहरुलाई सुझाव दिइन ।  अनुगमन समिति संयोजक समेत रहेकी चौधरीले कुनै पनि विद्यालयमा गराईने अध्यापनमा कुनै किसिमको ढिलासुस्ती सह्य नहुने बताईन ।

    परिक्षा रहे सम्म र शिक्षाको गुणस्तरको बिषयमा आगामी दिनमा अन्य विद्यालयमा पनि निरीक्षण तथा अनुगमन गरिने गाउँपालिका अध्यक्ष यादवले बताए । अनुगमनमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरि पोखरेल, वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश सिंह चौधरी लगायतको सहभागीत रहेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology