Logo बुधवार, श्रावण १३ गते २०८३
images

स्ववियु निर्वाचन : महेन्द्र बहुमुखी क्याम्पसमा मतदान जारी

स्ववियु निर्वाचन : महेन्द्र बहुमुखी क्याम्पसमा मतदान जारी

  • 936
    SHARES

  • स्ववियु निर्वाचन : महेन्द्र बहुमुखी क्याम्पसमा मतदान जारी

    दाङ,चैत ८ ।

    दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि मतदान जारी छ ।

    बुधबार बिहान ८ बजेदेखि सुरु मतदान शान्तिपूर्ण ढंगले चलिरहेको छ । मतदान अपराह्न ४ बजेसम्म चल्ने निर्वाचन अधिकृत कुलबीर चौधरीले जानकारी दिए ।

    क्याम्पसमा ५ हजार ९ सय ४० मतदाता छन् । निर्वाचनका लागि क्याम्पसमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

    यसअघि अखिल (क्रान्तिकारी) विप्लवले क्याम्पसमा तालाबन्दी गरेपछि ५ चैतमा हुने भनिएको निर्वाचन स्थगित भएको थियो । क्याम्पस प्रशासनले अनाधिकृत रुपमा खाली परिचयपत्र क्याम्पसको छाप लगाएर वितरण गरेको भन्दै विप्लवका कार्यकर्ताहरुले तालाबन्दी गरेका थिए ।

    निर्वाचनमा एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र जनमोर्चा निकट अखिल छैटौंले चुनावी तालमेल गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology