Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मी जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्याे

गुल्मी जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्याे

  • 2.5K
    SHARES

  • गुल्मी जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्याे

    बुटवल,मंसिर १३ -

    गुल्मीको र्ईस्मा गाउँपालीकामा शुक्रबार जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या  ६ पुगेकोे छ । घाईते बनेका तीन जना मध्ये थप एक जनाको ज्यान गएको छ ।

    ज्यान जानेमा ईस्मा गाउँपालीका ४ का वर्ष १९ का फर्सुराम थापा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामापरि घाईते भएका थापालाई उपचारको लागि गुल्मी अस्पताल तम्घास ल्याई पुराएपनि उनको बाटोमै ज्यान गईसकेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्यले जानकारी दिनु भएको छ ।

    दुर्घटनामापरि घाईते बनेका ईस्मा गाउँपालिका ४ वर्ष २८ की सरस्वती दर्लामी र वर्ष २६ का कमल धिताङको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भईरहेको  छ । शुक्रबार बिहान सदरमुकाम तम्घासका लािग छुटेको लु १ ज ११६६ नम्बरको जीप ईस्मा गाउँपालिका ४ अन्र्तगत हुल नजिकै दुर्घटना हुँदा अन्य पाँच जनाको घटना स्थलमै ज्यान गएको थियो ।

    दुर्घटनामापरि मृत्यु हुनेहरुमा ईस्मागाउँपालीका ४ वर्ष १९ का फर्सुराम थापा, वर्ष ६५ का डम्बर बहादुर धिताल, वर्ष ३३ का चित्र बहादुर दर्लामी, वर्ष ३० का बषन्त दर्लामी, वर्ष ३३ का धन बहादुर अछामी र मालीका गाउँपालीका ५ वर्ष ८० की सुन्दरी थापा र रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरि उपरिक्षक प्रविणलाल श्रेष्ठले बताउनु भएको छ ।

    दश जना यात्रुहरु बोकेर सदरमुकाम तर्फ आउँदै गरेको उक्त जीप ब्रेक फेल भई दुर्घटना हुँदा सडकवाट चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology