Logo मंगलवार, श्रावण १२ गते २०८३
images

१० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा : डा.शेखर कोइराला

१० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा : डा.शेखर कोइराला

  • 3.1K
    SHARES

  • १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा : डा.शेखर कोइराला

    काठमाडौं,चैत ७ ।

    नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसलाई अब कुनैपनि गल्ती गर्ने छुट नरहेको बताउनुभएको छ। मंगलबार काठमाडौं आयोजित नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

    नेता कोइरालाले नेपाली कांग्रेस अब केही दिन भित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमी कमजोरी नेपाली कांग्रेसबाट हुन नहुने बताउनुभयो। उहाँले अहिलेका परिस्थितिलाई कांग्रेसले गम्भीर रुपमा नियालिरहेको उल्लेख गर्नुभयो। १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको उहाँको भनाइ छ। नेता कोइरालाले वर्तमान सत्ता गठबन्धनलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा कांग्रेसको रहेको बताउनुभएको हो। 

    नेता कोइरालाले भन्नुभयो, ‘नेपाली कांग्रेस केही दिन भित्र नै सरकारमा जाँदैछ। अब हामीलाई गल्ती गर्ने छुट छैन। कुनै किसिमको कमी कमजोरी नेपाली कांग्रेसबाट हुनु हुँदैन। यी सबै कुरालाई नेपाली कांग्रेसले गम्भीर रूपले लिएको छ। त्यसलाई अघि बढाउने जिम्मा अब नेपाली कांग्रेसबाट जाने नेतृत्वले गर्नुपर्छ।

    उहाँहरूको जिम्मा सरकारलाई पनि प्रचण्डजीको सरकार छ, १० वटा सत्ता गठबन्धनमा दल छन्। त्यसलाई सम्हालेर अघि बढ्ने जिम्मा नेपाली कांग्रेसलाई छ। यो सबै कुरा नेपाली कांग्रेसको जिम्मेवारीमा, काँधमा आएको छ। यो सरकारलाई राम्रोसँग चलाएर हामी अघि बढ्नुपर्छ।’

    नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली कांग्रेस नचुकेको बताउनुभयो। उहाँले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र चल्न नसक्ने दाबी गर्नुभयो। उहाँले लोकतन्त्र बिना समुन्नत नेपाल बन्न नसक्ने भन्दै मिडियाको जिम्मेवारीलाई गम्भीर रूपमा लिएको बताउनुभयो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology