Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा उठ्दै उज्ज्वलप्रसाद कसजु

उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा उठ्दै उज्ज्वलप्रसाद कसजु

  • 4.6K
    SHARES

  • उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा उठ्दै उज्ज्वलप्रसाद कसजु

    बुटवल ,चैत्र ७ ।

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने हुनु भएको छ ।

    संघको सोमबार बसेको कार्यसमिति बैठकले महासंघको साधारण सभा तथा अधिवेशनको लागि प्रतिनीधि चयन गर्दै महासंघमा जिल्ला नगरबाट सदस्य पदमा अध्यक्ष कसजूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    यहि चैतको २८ र २९ गते काठमाण्डौमा हुने ५७ औं वार्षिक साधारण सभा तथा अधिवेशनको लागि मुख्य प्रतिनीधिमा अध्यक्ष कसजू सहित प्रतिनीधिमा निवर्तमान अध्यक्ष खिमबहादुर हमाल र वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठलाई चयन गरिएको महासविच विमलराज भट्टराईले जानकारी गराउनु भयो ।

    त्यस्तैगरी अध्यक्ष कसजूलाई महासंघको सदस्य पदमा विजयी गराउनको लागि संघको तर्फबाट भूमिका खेल्दै अध्यक्ष कसजूलाई विजयी गराउनको लागि सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई अनुरोध गरेको छ ।

    बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको एशोसियट सदस्य पदमा निर्वाचित भएकोमा संघका कार्यसमिति सदस्य आनन्दप्रसाद वझालाई सम्मान गरिएको छ । बैठकले संघले प्रत्येक वर्ष गर्दै आएको २९ औं परिषद सभा बैशाखमा गर्ने निर्णय गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology