Logo बुधवार, श्रावण १३ गते २०८३
images

प्रधानमन्त्रीद्वारा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक शिलान्यास

प्रधानमन्त्रीद्वारा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक शिलान्यास

  • 1.2K
    SHARES

  • प्रधानमन्त्रीद्वारा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक शिलान्यास

    गोरखा ,चैत्र ७ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा र लमजुङका हजारौँ जनसङ्ख्या लाभान्वित हुने पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन् ।

    गोरखाको पालुङटार नगरपालिकाको विमिरेमा आज बिहान आयोजित एक कार्यक्रमबीच उनले सो सडकखण्ड स्तरोन्ततिको शिलान्यास गरेका हुन् ।

    शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतको सहभागिता थियो । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ रहेको छ ।

    पन्थडिहीदेखि साहिलटारसम्मको झन्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्र हुनेछ ।

    बुड हिल–लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी ठेक्का पाएको यो सडक योजनाबाट गोरखाको पालुङटार नगरपालिका एवं सिरानचोक, छोप्राक र अजिरकोट गाउँपालिका तथा लमजुङको राइनास र दूधपोखरी नगरपालिकाका विभिन्न क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यो योजना कार्यान्वयनमा विशेष पहल गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology