Logo मंगलवार, श्रावण १२ गते २०८३
images

वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान

वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान

  • 1.1K
    SHARES

  • वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान

    काठमाडौं,चैत्र ७।

    निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरेको हाे । 

    विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो ।

    आयोगले सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ ।आगामी वैशाख १० गते, तनहुँ-१, बारा-२ र चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

    तनहुँ-१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

    यस्तै, चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो ।upanirbachan-1230.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology