Logo बुधवार, श्रावण १३ गते २०८३
images

डा. बालकृष्ण चापागाईंद्वारा लिखित ‘बौद्धदर्शन र सञ्चार’ को बुटवलमा परिचर्चा

डा. बालकृष्ण चापागाईंद्वारा लिखित ‘बौद्धदर्शन र सञ्चार’ को बुटवलमा परिचर्चा

  • 1.3K
    SHARES

  • डा. बालकृष्ण चापागाईंद्वारा लिखित ‘बौद्धदर्शन र सञ्चार’ को बुटवलमा परिचर्चा

    बुटवल,चैत्र ६ ।

    बरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईंद्वारा लिखित ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको आज बुटवलमा परिचर्चा गरिएको छ ।  

    समृद्धि सरोकार केन्द्र नेपाल र लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा वरिष्ठ भएको कार्यक्रममा लेखक तथा विभिन्न बुद्धिजिवीले बौद्धदर्शन र सञ्चार सम्बन्धमा लेखिएको कृतिले समाजमा नयाँ सन्देश दिएको बताए ।

    परिचर्चा कार्यक्रममा अधिवक्ता चापागाईंले बुद्धशिक्षा र दर्शनबारे नेपाली भाषामा उल्लेख्य पुस्तक नहुँदा कृति प्रकाशन गर्न निकै समस्या झेल्नुपरेको बताउनुभयो । उहाँले नेपाली, हिन्दी र अंग्रेजी भाषाका झण्डै ४५ सय पुस्तक अध्ययनपश्चात ‘बौद्धदर्शन र सञ्चार’ कृति निकालेको अनुभव सुनाउनुभयो ।

    पुस्तकको परिचर्चा गर्दै संविधान सभा सदस्य नेत्रप्रसाद पन्थी, वरिष्ठ लेखक तथा आख्यानकार जंगबहादुर शाह, वरिष्ठ अधिवक्ता तेजप्रसाद कंडेलले बौद्धदर्शनलाई बुझन गहिरो अध्ययन आवश्यक रहेको बताउँदै डा. चापागाईँले निकै मिहेनत गरेर कृति प्रकाशन गरेको बताउनुभयो ।

    पूर्व न्यायाधीश  टीका बहादुर हमाल, बौद्ध अध्येता देवेन्द्रराज शाक्य, प्राध्यापक भोजराज भट्टराई,  शिक्षाविद् लव जोशी, राजनीतिककर्मी  शरद वली, समाजसेवी रामप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुद्धिजीवी यज्ञलाल सुवेदीलगायतले नेपालमा जन्मिएका गौतमबुद्धले विश्वमा सर्वाधिक ख्याति र नयाँ दर्शन दिएकामा नेपालीहरुले सधै गौरवबोध गर्न पाएको बताउनुभयो ।    

    समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरे, केन्द्रका सचिव दामोदर घिमिरे, लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेय लगायतले बुद्धको शिक्षा प्रचारका लागि सञ्चारको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology