बुटवल,चैत्र ५ ।
बुटवल बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।निर्वाचनमा ३७.७० प्रतिशत अर्थात २ हजार ६८१ मत खसेको छ ।
६ वटा सङ्गठनले भाग लिएको यस क्याम्पसमा ७ हजार १ सय १० मतदाता विद्यार्थी रहेका छन् ।
यहाँ यस अघि २०६५ सालमा मतगणना हुने बेला र २०७३ सालमा निर्वाचन सबै प्रक्रिया टुङ्गाएर उम्मेदवारी दर्ता गर्ने बेला रोकिएको थियो ।
लामो समय रोकिएको बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । यस अघिका सबै स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्विवियुले जितेको थियो ।
मतगणना आजैबाट गणना गर्ने तयारी रहेको छ ।



नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)