बुटवल, चैत ४ ।
युवा युवतीलाई रोजगारीमा जोड्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘वृत्ति मार्ग निर्देशन’ र ‘रोजगार सूचना मेला’ भएको छ । मेलामा पाँचहजार जनाले अवलोकन गरेका छन् भने त्यसमध्ये तीन हजार जनाले बायोडाटासहित फारम भरेको तिलोत्तमा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा रोजगार मेलाका संयोजक गणेश पाठकले जानकारी दिनुभयो ।
मंगलापुरस्थित रामजानकी मन्दिरको मैदानमा भएको मेलामा स्थानीयहरुले आफ३नो बायोडाटा,नागरिकता,फोटो र सर्टिmिपकेटसहित सहभागिता जनाएर फारम भरेका थिए ।
रोजगार मेलाले तिलोत्तमा नगर क्षेत्रका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने, सीप भएर पनि जागिर नपाएर विदेशिन बाध्य नागरिकलाई स्वदेशमै राख्ने मेलाले सहयोग गरेको नगरप प्रमुख रामकृष्ण खाँणले बताउनुभयो । सहभागिता र स्टलका लागि शुल्क राखिएको थिएन ।रोजगार मेलामा विभिन्न रोजगार दाताका ४० बढी स्टल रहेका थिए ।
‘हामीले तिलोत्तमा नगर क्षेत्रमा रहेका रोजगार दाता तथा व्यावसायिक सङ्घसंस्थासँग सहकार्य गरेर यो मेला आयोजना गरेका हौँ,यो एउटा चौतारी जस्तो हो,यस्का अनेकौँ फाइदा छन,लाभ लिनुहोला । ’मेला शुभारम्भ गर्दै प्रमुख खाँणले भन्नुभयो ।
स्टलहरुमा सहभागीहरुले मेलामा पुगेका दर्शकलाई उनीहरुको रुची, क्षमता र चाहना अनुसारका रोजगारीको ग्यारेन्टी गरिनेछ भने उनीहरुलाई करियर काउन्सिलिङसमेत गरेका थिए ।
मेलामा सीपमूलक तालिमको अवसरहरुको जानकारी, वृत्ति परामर्शसम्बन्धी सेवा, सीपको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरका बारेमा जानकारी गराइएको उपप्रमुख जागेश्वरीदेबी चौधरीको भनाइ छ ।
तिलोत्तमा नगर क्षेत्रका युवायुवतीलाई स्वदेशमै रोजगारी दिने नीति अनुरुप मेला गरिएको उहाँको भनाइ छ ।‘औद्योगिक तथा व्यावसायिक क्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ति गरिने छ,भने आवश्यकताको आधारमा राजगारी ग्यारेन्टी गरिने छ । ’उहाँले भन्नुभयो ।
युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका बेला जनशक्ति अभावको समस्या समाधानमा मेला सहयोगी बनेको नगरपालिकाका कार्यकारी अधिकृत नारायण अर्यालले बताउनुभयो । उहाँले सोचेभन्दा धेरै सहभागिता भएकाले कार्यक्रमको सार्थकता रहने उल्लेख गर्नुभयो ।
रोजगार मेलाले रोजगारीको खोजीमा रहेका युवायुवती र रोजगारदातालाई जोड्न पुलको काम गरेको सहभागिको भनाइ छ ।मेलाका कारण रोजगारी मिल्ने आशा रहेको सहभागि तिलोत्तमा दुइका शंकर पौडेलले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)