Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२२ औं तिलोत्तमा गोल्डकप : सुदुरपश्चिम चम्किँदा घरेलु मैदानमा रुपन्देही ११ निरीह

२२ औं तिलोत्तमा गोल्डकप : सुदुरपश्चिम चम्किँदा घरेलु मैदानमा रुपन्देही ११ निरीह

  • 1.2K
    SHARES

  • २२ औं तिलोत्तमा गोल्डकप : सुदुरपश्चिम चम्किँदा घरेलु मैदानमा रुपन्देही ११ निरीह

    बुटवल,चैत्र ४ ।

    बुटवलको एन्फा टेक्निकल सेन्टरमा सुरु भएको २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा सुदुरपश्चिम ११ विजयी भएको छ ।

    घरेलु टिम रुपन्देही ११ लाई ३–१ गोल अन्तरले हराउँदै सुदुरपश्चिम ११ क्वाटरफाईनलमा प्रवेश गरेको छ । सुदुरपश्चिमका लागि दुई गोल फार्गुराम थारुले गरे । त्यस्तै अर्को गोल सोम्य हार्दिकले गरे ।

    रुपन्देही ११ का लागि एक मात्र शान्त्वना गोल खेलको ईन्जुरी समयमा फोडे फोफोनाले पेनाल्टी मार्फत गरे ।घरेलु मैदानमा दर्शकको साथ पाएको रुपन्देही ११ ले केही राम्रा अवसर पाएपनि सदुपयोग भने गर्न सकेन । सुदुरपश्चिम ११ अब क्वाटरफाईनलमा भोली आईतबार हुने हिमालय शेर्पा र थ्रि स्टार क्लव बीच हुने प्रतियोगिताको विजेता संग भिड्नेछ ।game open.jpg

    दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउनेछ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका रुपन्देही जिल्ला फुटबल संघ अध्यक्ष लोक पुनले जानकारी दिए । बुटवल उपमहानगरपालिकाले प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

    प्रतियोगिताको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका थिए । प्रतियोगिता अन्तर्गत भोली दिउँसो साढे २ बजे हिमालय शेर्पा र थ्रि स्टार क्लवका बीच खेल हुनेछ ।

    गोल्डकपको फाइनल प्रतिस्पर्धा चैत ११ गते हुनेछ । २१ औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो ।rupandehi 11 team.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology