Logo मंगलवार, श्रावण १२ गते २०८३
images

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघमा तीन जनाबागीले आधिकारिक उम्मेदवारओझालाई गरे समर्थन

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघमा तीन जनाबागीले आधिकारिक उम्मेदवारओझालाई गरे समर्थन

  • 900
    SHARES

  • त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघमा तीन जनाबागीले आधिकारिक उम्मेदवारओझालाई गरे समर्थन

    काठमाडौँ,चैत ४ ।

    त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियनमा नेपाल विद्यार्थी संघ(नेविसंघ)का सभापतिका आधिकारीक उम्मेदवार श्यामराज ओझालाई तीन बागी उम्मेदवारले समर्थन गरेका छन् ।

    नेविसंघका नेताहरु विष्णुबहादुर बडेला, मिलनजंग बस्नेत र दीपकराज जोशीले आफूहरुले स्ववियु सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवार ओझालाई समर्थन गरेका हुन् ।

    नेविसंघ केन्द्रले ओझालाई स्ववियु सभापतिमा टिकट दिएपछि बडेला, बस्नेत र जोशीले उम्मेदवारी दिएक थिए । तर, संगठनमा कुरा गएर सहमति भएपछि उनीहरुले फिर्ता लिएका सभापतिका उम्मेदवार ओझाले बताए । आफू सबैसँग मिलेर स्ववियुमा काम गर्न तयार रहेको ओझाले बताए । 

    नेविसंघभित्र रहेका गुटहरु मिलेर केन्द्रीय क्याम्पसमा नेविसंघलाई जिताउन सबै लागिरहेको अध्यक्ष दुजाङ शेर्पाले बताए । 
    नेविसंघलाई स्ववियुमा जिताउन कीर्तिपुरमा पार्टीका तर्फबाट जितेका जनप्रतिनिधि, पार्टीका स्थानीय समिति पनि लागिरहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology