Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा ‘छोटा हात्ती’ चोरी गर्ने २ जना पक्राउ

रुपन्देहीमा ‘छोटा हात्ती’ चोरी गर्ने २ जना पक्राउ

  • 1.2K
    SHARES

  • रुपन्देहीमा  ‘छोटा हात्ती’ चोरी गर्ने २ जना पक्राउ

    बुटवल,चैत ४ ।

    रुपन्देहीमा सवारी साधन ‘छोटा हात्ती’ चोरी गर्ने २ जना पक्राउ परेका छन्।सिद्धार्थनगर नगरपालिका ८ का २३ वर्षीय रिवेश गुरुङ र वडा नम्बर ३ का २४ वर्षीय विवेक परियार पक्राउ परेका हुन्।

    यही चैत १ गते उनीहरुले सिद्धार्थनगर नगरपालिका ८ अन्नपूर्ण टोलस्थित भित्री सडक छेउमा रोकिराखेको लु१च ७८२२ नम्बरको ‘छोटाहात्ती’ चोरी गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

    खोज तलासका क्रममा गयराति २ बजे सिद्धार्थनगर ९ नालन्दा स्कुल पछाडि खाली खेतमा रोकिराखेको अवस्थामा सो गाडी फेला पारिएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए। 

    गाडीभित्र शंकास्पद रुपमा बसिरहेको अवस्थामा गुरुङ र परियारलाई पक्राउ गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप भइ अनुसन्धान अघि बढाइएको उनले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology