Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारमा जान्छौँ : अर्जुननरसिंह केसी

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारमा जान्छौँ : अर्जुननरसिंह केसी

  • 1.2K
    SHARES

  • प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारमा जान्छौँ : अर्जुननरसिंह केसी

    बुटवल,चैत ४ ।

    नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताउनु भएको छ । 

    उहाँले कांग्रेस सरकारमा सहभागी हुँदा कसले नेतृत्व गर्ने भन्ने विषयमा पार्टीमा छलफल हुने बताउनुभएको हो । नेपाल प्रेस युनियन, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले देशको आर्थिक कमजोर बन्दै गएकाले सरकार अव गम्भीर बन्नुपर्ने बेला आएको समेत बताउनुभयो । 

    चालू खर्च घटाएर मुलुकलाई जोगाउनुपर्छ :

    उहाँले मुलुकको व्यापार घाटा बढिरहेको, निर्यातको तुलनामा आयातमा भारी वृद्धि  गरिबी र बेरोजगारी, दण्डहीनता र भष्ट्राचारको समस्या रहेकाले त्यसविरुद्ध लड्न सबै एक हुनुपर्नेमा जोड दिनुभयो । 

    नेता केसीले चालू खर्च घटाएर भए पनि मुलुकलाई जोगाउनु पर्ने बताउनुभयो । मुलुक श्रीलङ्काको बाटोमा नपुगेको बताउँदै उहाँले सरकारले आर्थिक अवस्था सुधार गर्नमा जोड दिनुभयो ।

    केसीले सरकार निर्माणमा उपप्रधानमन्त्रीको हुल बनाउने कुरा गलत भएको बताउनुभयो । उहाँले मन्त्रिपरिषद् गठनमा संविधानले सिमा तोकेको भएपनि उपप्रधानमन्त्रीको हुल बनाउने क्रम बढ्दै जानु गलत भएको टिप्पणी गर्नुभयो । 

    ‘पहिले  कहिले ४९ कहिले ५९ जनासम्म मन्त्री भएको इतिहास छ, अहिले संविधानले त्यसलाई सिमावद्ध गरिदिएको छ त्यो राम्रो पक्ष छ,’ उहाँले भन्नुभयो- ‘यो उपप्रधानमन्त्रीको हुल जुन ढंगले गर्ने परम्परा चलेको छ, त्यो चाहिँ गलत हो।’ 

    पत्रकार सम्मेलन युनियनका सभापति रेखा भुसालको अध्यक्षता तथा सचिव कविन्द्र नेपालको संचालनमा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology