Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आजदेखि तिलोत्तमा गोल्डकप प्रतियोगिताको २२ औं संस्करण

आजदेखि तिलोत्तमा गोल्डकप प्रतियोगिताको २२ औं संस्करण

  • 3.5K
    SHARES

  • आजदेखि तिलोत्तमा गोल्डकप प्रतियोगिताको २२ औं संस्करण

    बुटवल,चैत्र ४ ।

    प्रतिष्ठित तिलोत्तमा गोल्डकप प्रतियोगिता २०७९ आजदेखि शुरु  हुदैछ ।२२ औं संस्करणको प्रतियोगिता बुटवल ११ देबिनगरस्थित एन्फा एकेडेमी खेल मैदानमा हुनेछ ।

    उद्घाटन खेलमा आयोजक रुपन्देही–११ र सुदुरपश्चिमाञ्चल फुटबल संघबीच प्रतिस्पर्धा हुने भएको हो ।anfa.jpganfa gate.jpg

    प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक संस्था रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । दुई विभागीयसहित ८ टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छन् । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

    सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् ।

    प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कृत गरिने छ । प्रतियोगितामा करेन्ट रुपन्देही –११ सहित मनाङ मस्र्याङ्दी क्लब काठमाडौ, थ्री स्टार क्लब ललितपुर, नेपाल पुलिस क्लब काठमाडौ, एपिएफ क्लब काठमाडौ, हिमालयन शेर्पा क्लब काठमाडौ, फ्रेन्ड्स क्लब काठमाडौ र सुदुरपश्चिम ११ गरी आठ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    कार्यक्रममा एन्फाका केन्द्रीय उपाध्यक्ष दीर्घ बहादुर केसीले कोभिड संक्रमण र राजनीतिक अस्थिरताकै कारण प्रतियोगितालाई निरन्तरता दिन नसकिएको बताउनुभयो । स्थानीय सरकारबाट ३५ लाख रुपैयाँ तथा प्रदेश सरकारबाट समेत सहयोग प्राप्त भएको हुँदा प्रतियोगिता आयोजना गर्न सहजता आएको उहाँको भनाइ छ ।tilottama gold cup.jpg

    गोल्डकपको फाइनल प्रतिस्पर्धा चैत ११ गते हुनेछ । २१ औं संस्करणको उपाधि क्यामरुनको दाउफिन्स क्लबले जितेको थियो ।बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, रुपन्देही जिल्ला फुटबल संघ रुपन्देहीको आयोजना, यशोदा फुड्स प्रालि, त्रिमुर्ति ईण्डष्ट्रिज प्रालीको मुख्य प्रायोजनमा प्रतियोगिता आयोजना गरिएको हो ।

    development-association-elected.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology