Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल उपमहानगरमा सरोकारवालाबिच दैनिकरुपमा छलफल श्रृङ्खला चैत ८ गते चल्ने

बुटवल उपमहानगरमा सरोकारवालाबिच दैनिकरुपमा छलफल श्रृङ्खला चैत ८ गते चल्ने

  • 1.6K
    SHARES

  • बुटवल उपमहानगरमा सरोकारवालाबिच दैनिकरुपमा छलफल श्रृङ्खला चैत ८ गते चल्ने

    बुटवल,चैत ३।

    बुटवल उपमहानगरपालिकाले दैनिक रुपमा छलफल श्रृङ्खला चलाएको छ । बिभिन्न फरक फरक बिषयमा दैनिक छलफल श्रृङ्खलाबाट निश्कर्ष निकाल्ने र समस्याहरु समाधानको पहल गरिएको हाे । यस्तै सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न बिहीबार महिला स्वयम्सेविका, सामुदायिक वन उपभोक्ता समूह र पार्कहरुका अगुवाहरुसँग छलफल गरेको छ ।

    छलफल कार्यक्रममा बोल्दै सहभागीहरुले बुटवललाई स्वास्थ्यमा अग्रणी र हरियाली शहरका रुपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताएका छन् ।health.jpg

    बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उदेश्यले महिला स्वयमसेविका, पार्क तथा सामुदायिक वन उपभोक्ता समूहका अगुवाहरुसँग छलफलमा सहभागी वक्ताहरुले बुटवल उपमहानगरलाई देशकै अग्रणी शहरका रुपमा स्थापित गर्नका लागि आफुहरुको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सबै क्षेत्रका समस्या समाधान गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले बुटवललाई साझा सहरका रुपमा स्थापित गर्दै अगाडि बढ्न सबै क्षेत्रको साथ जरुरी रहेको बताउनुभयो ।
    उहाँले महिला स्वयमसेविकाहरुका समस्यालाई स्थानीय रुपमा समाधान गर्न सकिने र संघ वा प्रदेशबाट समाधान हुने गरी अगाडि बढाउने बताउनुभयो ।उहाँले सामुदायिक वनहरु र पार्कहरुलाई पर्यटकीय स्थल र विश्रामस्थलका रुपमाा विकसित गर्दै जानुपर्ने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई देशकै अग्रणी शहर बनाउनका लागि सबैको साथ जरुरी रहेको बताउनुभयो । उहाँले महिला स्वयम्सेविकाका समस्या समाधानका लागि प्रयासरत रहेको बताउनुभयो ।

    बुटवल उपमहानगरपालिकाले बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताउनुभयो ।swastha swayamsebika.jpg

    यस्तै, चैत ३ गते सहकारी संस्थाका अध्यक्षहरु र व्यवसायिक संघसंस्था, यातायात व्यवसायी समितिहरु, निर्माण व्यवसायीहरु, हाटबजार व्यवसायीहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।

    चैत ४ गते अस्पतालका प्रमुख तथा कार्यकारी निर्देशकहरु, ५ गते संस्थागत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु, ६ गते टोलविकास संस्थाका अध्यक्षहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सामाजिक विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी तुलसा अर्यालले बताउनुभयो ।bunapaa.jpg

    यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको नगरप्रवक्ता शिव रानाले जानकारी दिनुभयो ।bunapa chalfal.jpg

    सार्वजनिक सरोकार राख्ने संघसंस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।upavoktaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology