Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपाभित्र गैरराजनीतिक बहस गर्ने छुट कसैलाई छैन : महासचिव पौडेल

नेकपाभित्र गैरराजनीतिक बहस गर्ने छुट कसैलाई छैन : महासचिव पौडेल

  • 2.6K
    SHARES

  • नेकपाभित्र गैरराजनीतिक बहस गर्ने छुट कसैलाई  छैन : महासचिव  पौडेल

    बुटवल ,मंसिर ११ - 

    नेकपा महासचिव विष्णु पौडेलले पार्टीभित्र गैरराजनीतिक बहस गर्ने छुट कसैलाई नभएको चेतावनी दिनुभएको छ ।

    पौडेलले यतिबेला पार्टीमा गम्भीर संकट उत्पन्न भएको भन्दै एकअर्का नेतालाई खुइल्याउने गरी गैरराजनीतिक बहस गर्न छुट नभएको बताउनुभएको हो ।

    बुटवल उपमहानगरका लागि पाल्पाको झुम्सा खानेपानी योजनाको शिलन्यास गर्दै अर्थमन्त्री समेत रहेका पौडेलले जनताले स्थिरता चाहेको बेला गैरराजनीतिक कुरा उचालेर संकट पैदा गर्नु चिन्ता जनक भएको बताउनुभयो ।

    उहाले नेकपामा बिग्रह भए नेकपा नरहने र त्यसले सिंगो मुलुकलाई नै हानी पुग्ने जिकिर गर्नुभयो । पार्टीभित्रको अन्तरविरोधको समाधानले देशको विकास, समृद्धि र समाजवादको बाटो समय तय गर्ने बताउँदै उनले सरकार ढल्ने आशंका नगर्न सबैलाई आग्रह गर्नुभयो । 

    अर्थमन्त्रीसमेत रहनुभएका पौडेलले तिनाउले राज्यसँग केही चिज माग्दा फुटकरमा होइन थोकमा माग्न आग्रह गर्नुभयो । बुटवलमा खानेपानीको संकट भएको जनाउँदै पौडेलले पहिला कमजोरी भएपनि अब विगतको कमजोरीबाट शिक्षा लिएर कामलाई अघि बढाइने प्रतिवद्धता जनाउनुभयो ।

    अर्थमन्त्री पौडेलले सिद्धबाबा सुरुङमार्गको पूर्वाधारका लागि सबै काम पुरा भएको जनाउँदै अब टेण्डरप्रक्रियामा जान लागेको बताउनुभयो ।

    उहाले सुरुङमार्ग निर्माण र सडकको स्तरोन्नती गरी बुटवल–तानसेनलाई आधा घण्टाको दूरीमा खुम्चाउने दाबी समेत गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology