Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लव २०६ रनले विजयी

रुपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लव २०६ रनले विजयी

  • 1.2K
    SHARES

  • रुपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लव २०६ रनले विजयी

    बुटवल,फागुन ३० ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको सुपर फोरको खेलमा बीएम डब्लु वेष्टर्न क्रिकेट क्लबले मेलवर्न क्रिकेट क्लबमाथि सानदार जित निकालेको छ । वेष्टर्नले २ सय ६ रनले फराकिलो अन्तरसहति सानदार जित निकालेको हो ।

    सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको नोक्सानीमा ३ सय १ रनको उच्च योगफल बनाएको थियो । उसका लागि उच्च स्कोर बनाउन देव खनालले शतकीय पारी खेल्दै १ सय १६ रनको योगदान गरे । यस्तै, रोहित पासवानले २९, अनिल खरेलले २७, सुशान्त अर्यालले २१, अनिल साहले १८ र भुवन पाण्डेले १६ रन जोडे । बलिङमा मेलवर्नका तुसार चौहानले ३, रमेश कुर्मी र रोशनलाल गुप्ताले समान २–२ तथा बिष्णु कटरिया र शिवकुमार मौर्यले १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको मेलवर्न २४.१ ओभरमा अलआउट हुँदै जम्मा ९५ रनमै समेटियो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नका देव खनालले ४, अभिषेक गौतमले २ तथा सन्देश थापा, अनिल खरेल र अनिल साहले समान १–१ विकेट लिए ।image-36-1024x537.png

    मेलवर्नका मोहम्मद हुसेनले ३९ रन बनाए पनि अन्य सबै ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् र टिम पराजित भयो । वेष्टर्नका देव खनाल म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

    चैत्र ४ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

    प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।wcc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology