बुटवल ,मंसिर ११ -
गत २४ घण्टामा नेपालमा २३ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेको संख्या १४१२ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ९४९१ जनाको गरिएको पीसीआर परीक्षणमा १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४३७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २०९४३५ रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)