बुटवल,फागुन ३०।
२ सय जना कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरु पैदलयात्रा गरेर मंगलबार लुम्बिनी आइपुगेका छन । भारत हुँदै बुद्धजन्मस्थल लुम्बिनी आइपुगेका तीर्थयात्रीहरुलाई लुम्बिनी विकास कोषले बुद्धस्थलमा स्वागत गरेको छ ।
२ सय जना कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरुको पैदलयात्री एक हजार किमि दुरी पैदल यात्रा गरि लुम्बिनी आइपुगेका छन । भारतको कुशिनगर, शारनाथ र बोधगयाको भ्रमण गर्दै टोली बुद्धजन्मस्थल लुम्बिनी आइपुगेका हुन । तीर्थयात्रीहरुलाई लुम्बिनी विकास कोषले मंगलबार एक समारोहका विच स्वागत गरेको छ ।
कोरियाका अग्रज बौद्ध भिक्षु छासुङ्ग सहितका १०५ जना धर्मगुरु र तीर्थयात्रीले मायादेवी मन्दिरको दर्शन गर्दै विश्व शान्तिको कामना गरेका छन । प्रार्थना र पूजा कार्यक्रममा प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले लामो यात्रा गरेर बुद्धजन्मस्थल लुम्बिनी आएका बौद्ध भिक्षु सहितको टोलीलाई स्वागत गर्दै नेपाल र दक्षिण कोरियाविचको सम्बन्ध थप प्रगाढ बनेको बताउनुभयो ।
यस्तै कोषका उपाध्यक्ष भिक्षु मैत्तयले फागुन महिना भगवान गौतमबुद्धको जीवनमा निकै ठूलो महत्वको महिना भएको बताउँदै यहि महिनामा बुद्धमार्गलाई पछ्याउँदै एक हजार किमिको दुरी पूरा गरि कष्टका साथ लुम्बिनी आइपुग्नु बौद्धमार्गीहरुका लागि खुशिको क्षण भएको बताउनुभयो । उहाँले अग्रज भिक्षु सहितको तीर्थयात्रीहरुको लुम्बिनी आगमनले दक्षिण कोरियासँग नेपालको आध्यामिक सम्बन्ध अझै मजबुद बनेको बताउनुभयो ।
नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरु सहितका तीर्थयात्रीहरुलाई बुद्धजन्मस्थल मायोदवी प्राङगणमा स्वागत गर्न पाउदा खुशी लागेको बताउनुभयो । लुम्बिनीमा पछिल्लो समय बौद्ध देशहरुबाट बौद्धधर्मगुरु र तीर्थयात्रीहरुको ठूलो–ठूलो समूह बुद्धजन्मस्थल लुम्बिनी आउनेक्रम बढेको र यसले कोभिडपछि सुस्ताएको पर्यटनक्षेत्रलाई उर्जा थपेको कोषका बरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले बताउनुभयो ।
दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय अन्तर्गत दर्ता बौद्धसंस्थाले २ सय कोरियाली बौघ भिक्षु, भिक्षुणी सहित बौद्ध तीर्थयात्रीहरुलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको हो । उक्त अवसरम लुम्बिनी सास्कृतिक नगरपालिका नगरप्रमुख सजरुद्धिन मुसलमान, कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कोषका कार्यकारिणी सदस्य विश्वराज पौडेल लगायतको उपस्थिती थियो । फेब्रअरी ९ तारिखदेखि भारतको नयाँ दिल्लीबाट पैदल हिँडेर तीर्थयात्रा सुरु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)