Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमाको सिद्धार्थ राजमार्गमा १२ किलोमिटर लामो मानव साङ्लो (फाेटाेफिचर)

तिलोत्तमाको सिद्धार्थ राजमार्गमा १२ किलोमिटर लामो मानव साङ्लो (फाेटाेफिचर)

  • 1.9K
    SHARES

  • तिलोत्तमाको सिद्धार्थ राजमार्गमा १२ किलोमिटर लामो मानव साङ्लो (फाेटाेफिचर)

    बुटवल,फागुन ३०। 

    समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखला चलाइरहेको तिलोत्तमा नगरपालिकाले मानव साङ्लो निकालेको छ ।रुपन्देहीस्थित तिलोत्तमामा मानव साङ्लो सहितको सरसफाई अभियान सञ्चालन गरिएको हो । 

    सरसफाई अभियानको १०० औं श्रृंखला अन्तर्गत मंगलबार सप्ताहव्यापी कार्यक्रम अनुसार बुटवल–भैरहवा सिद्धार्थ राजमार्गको  सिक्सलेन सडकमा मानव साङ्लो सहित सरसफाई गरिएको हो ।

    सहभागीहरुले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएको अभियानमा यथेष्ट सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए । 

    मानव साङ्लोसहितको अभियानमा तिलोत्तमाका सबै नागरिकको साथ समर्थन सकारात्मक सन्देश दिईएको नगर प्रमुख रामकृष्ण खाँणले बताउनुभयो । खाणले सरसफाईलाई तिलोत्तमाबासीको संस्कार र संस्कृतिसँग जोडेर दीगो बनाउने अभियानमा नगरपालिका रहेको बताउनुभयो । 

    तिलोत्तमाले बनाएको स्वच्छ र सफानगरको पहिचानले यहाँबसाइसराईको दर समेत तीव्र रुपमा बढेको उहाँको भनाइ छ । नगरपालिकाले चैत्र १ गते बुधबार मूल समारोह गरेर नो हर्न घोषणा,सुर्तीजन्य पदार्थको बिक्रिबितरणमा रोक लगाउने घोषणा गर्र्दैछ ।banner.jpg

    योगिकुटीदेखि कोटिहवाको १२ किलोमिटर सडकका विभिन्न चोकमाजम्माभएका सहभागीहरुले एक—आपसमा हात समातेर सरसफाई अभियानमाआफ्नो प्रतिबद्धता जनाएका हुन् ।bus.jpgdustbin.jpg

    मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता, शिक्षक विद्यार्थी, कर्मचारी, विभिन्न संघ—संस्था, क्लव, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागिता जनाएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिनुभयो । 

    सरसफाई तिलोत्तमाको पहिचान र सभ्यता हो भन्ने कुरामा सबै नगरबासीको प्रतिबद्धता र एकताको सन्देश दिनमानव साङ्लोनिका लिएको नगरपालिकाले जनाएको छ । 

    मणिग्राम चोकमा सरसफाई स्मारक उद्घाटन :

    smrak.jpg

    मंगलबार नैं मणिग्राम चोकमा निर्माण गरिएको सरसफाई स्मारक उद्घाटन समेत गरिएको छ । श्रृंखला १०० औं माप्रवेश गरेको स्मरणमा मणिग्राममा सरसफाई स्मारक निर्माण गरिएको हो । स्मारकमा पुरुष र महिलाले सरसफाई गरेको प्रतिमा राखेर अभियानमा सबैको सहभागिताको सन्देश प्रवाह गरिएको छ ।

    स्मारकको नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरी चौधरीले संयुक्त रुपमा गर्नुभयो । त्यसक्रममा नगर प्रमुख खाणले तिलोत्तमाले बनाएको स्वच्छ र सफानगरको पहिचानले यहाँबसाइसराईको दर समेत तीव्र रुपमा बढेको बताउनुभयो । sanglo tinapaa.jpg

    उपप्रमुख चौधरीले तिलोत्तमाबासीको कडा मेहनताका कारण नगरपालिकाले सरसफाईमाआफ्नो विशिष्ट छवि बनाएको उल्लेख गर्दै तिलोत्तमाको पहिचानको श्रैय नगरबासीमा जाने बताउनुभयो ।उहाँले आफूले गरेको फोहोर आफैं व्यवस्थापन गर्ने बानीको विकास गर्न नगरबासीलाई अनुरोध गर्नुभयो ।  

    तिलोत्तमामा २०७४ सालको स्थानीयतह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आएसँगै नियमित सरसफाई अभियान सुरु भएको हो । 

    khad ram.jpgsmar.jpgjagesori chaudhary.jpgsmrak.jpgtinapa no hurn.jpgteam.jpgstdnt.jpgsmar.jpgsarsafai.jpgsafai.jpgsanglo tinapa.jpgsafai aviyan.jpgmahilaaa.jpgmanab sanglo.jpg

    sadak line.jpgmahila.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology