Logo बिहिवार, श्रावण १४ गते २०८३
images

७ वर्षपछि शीतलनिवासबाट बिदा भइन् राष्ट्रपति विद्यादेवी भण्डारी

७ वर्षपछि शीतलनिवासबाट बिदा भइन् राष्ट्रपति विद्यादेवी भण्डारी

  • 1.1K
    SHARES

  • ७ वर्षपछि शीतलनिवासबाट बिदा भइन् राष्ट्रपति विद्यादेवी भण्डारी

    काठमाडौं,फागुन २९ ।

    राष्ट्रपतिका रुपमा २ वटा कार्यकाल पूरा गर्दै विद्यादेवी भण्डारी ७ वर्पपछि राष्ट्रपति भवन शीतलनिवासबाट बिदा भएकी छन्।नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसहित उपराष्ट्रपति, कामु प्रधानन्याधीशले गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गरेका छन्।

    शीतलनिवासबाट विदा भएकी निर्वतमान राष्ट्रपति भण्डारी छोरीको निवास गएकी छन्। आफनो निजी निवासको मर्मतसम्भार चलिरहेका कारण भण्डारी केही समय छोरीको घरमा बस्ने छिन्। 

    दोस्रो संविधान सभाले नयाँ संविधान जारी गरेपछि भण्डारी २०७२ कात्तिकमा पहिलोपटक राष्ट्रपति निर्वाचित भएकी थिइन्। त्यसपछि उनी २०७४ को फागुनमा पुनस्  राष्ट्रपति निर्वाचित भएकी थिइन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology