Logo मंगलवार, श्रावण १२ गते २०८३
images

वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी तिलोतमा ८ लाई

वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी तिलोतमा ८ लाई

  • 1.3K
    SHARES

  • वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी तिलोतमा ८ लाई

    बुटवल,फागुन २९ ।

    मणिमुकुन्द भलिवल क्लवले आयोजना गरेको वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी तिलोतमा वडा नम्बर ८ ले जितेको छ ।

    वडा नम्बर १० र वडा नम्बर ८ बिच भएको खेलमा २५ -२७ ,२३-२५ दुई सेट जितेको वडा नम्बर ८ लाई पुन २ सेट २५–२१ २५–२३ बराउदै खेल बराबरिमा पुगेको थियो बेष्ट अफ फाईभमा खेलमा पाचौँ सेट वडा नम्बर १० लाई ११ मा रोक्दै १५ अंक बनाउदै वडा नम्बर ८ बिजेता हुन सफल भएका हो । दोस्रो वडा नम्बर १० र तेस्रो वडा नम्बर ७ ले जितेको छ । सान्तवना पुरस्कार वडा नम्बर २ ले जितेको हो ।

    पुरस्कार वितरण कार्यक्रम बोल्दै तिलोतमा नगरपालिका का प्रमुख रामकृष्ण खाँडले खेलकूद को विकास गर्दा पर्यटन र देशको समेत विकास हुने बताएका थिए । उनले स्वास्थ्य मान्छे नै सबै काम गर्न सक्ने र खेलाडी हरू नै स्वास्थ्य हुने हुँदा खेल बिकासमा सबै क्षेन्र मिलेर बिकास गर्नुपर्ने बताएका थिए । उनले तिलोत्तमा नगरपालिकाले खेलकुद लाई विशेष प्रथमिकतामा राखेर काम गरिरहेको बताएका थिए ।

    मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द भन्डारीले तिलोत्तमा नगरपालिका ले क्लवलाई बिश्वास गरेर खेल आयोजना गने अवसर दिएकोमा धन्यावाद दिदै अभाबका बिच भलिबल खेल आयोजना गदैआएको बताए बताए ।

    लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टरा ले खेलकुदक्षेत्रको विकास गर्न सबैक्षेन्रको भुमिका महत्वपूर्ण हुे बताएका थिए । उनले भलिबल खेलराष्ट्रिय खेल भएको कारण पनि तीनै तहका सरकारको चासो हुनुपर्ने बताए ।

    तिलोतमा नगरपालिकाले मुख्य प्रायाेजनमा खेल भएको हाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology