बुटवल ,मंसिर ११ -
रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ११८ पुगेको छ ।
गत कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला २८ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा बिहीबार बिहान पौने ३ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
संक्रमित महिला मधुमेह र निमोनियाको दीर्घरोगी रहेको उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)