गुल्मी,फागुन २९ ।
नेपाल विद्यार्थी संघ धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस इकाई धुर्कोट -५ ,बस्तु गुल्मीले थानिश्वर पन्थीको नेतृत्वमा स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता भएको छ ।
सामाजिक काममा सक्रिय पन्थी नेपाली कांग्रेसका जुझारु र लोकप्रिय युवाको रुपमा परिचित छन । चैत ५ गते सम्पन्न हुन लागेको स्ववियु निर्वाचनका लागि सभापतीमा थानिश्वर पन्थी सचीवमा बिनोद खनाल कोषाध्यक्षमा बिष्णु थापा सदस्यहरुमा गिता पन्थी , बसन्ता भुसाल , जानका नेपाली , मिना भण्डारी र अञ्जली बिक प्रत्यक्ष निर्वाचन प्रणालीमा भाग लिएका उम्मेदवार हुन् ।
नेविसंघको बर्चस्व रहेको धुर्कोटमा नेविसंघले जित्ने अडान लिएको छ । काम गर्ने हुटहुटी रहेका र विद्यार्थीको मर्म र भावनाअनुरुप कार्यकुशलता प्रदर्शन गर्न सक्ने पन्थीले स्ववियुमा सहज जित निकाल्ने अनुमान गरिएको छ । नेविसंघको राजनीतिमा मात्र होइन स्वतन्त्र र विद्यार्थी हकअधिकारका मुद्धालाई लिएर चुनावमा होमिएका पन्थीलाई स्वतन्त्र विद्यार्थीहरुको पनि साथ रहेको छ ।
देशभर सत्ता साझेदारी दलहरु बिच गठबन्धन भएतापनी गुल्मी जिल्लामा भने माओबादी निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुको गठबन्धन रहेको छ । जिल्लामा भएको एन्टी एलाइयन्सले गर्दापनी धुर्कोटमा स्ववियु जित्न सहज रहेको विद्यार्थी नेताहरु बताउँछन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)