Logo बुधवार, श्रावण १३ गते २०८३
images

मावि तहको शिक्षकमा ३७ हजार २११ जनाको आवेदन

मावि तहको शिक्षकमा ३७ हजार २११ जनाको आवेदन

  • 1.0K
    SHARES

  • मावि तहको शिक्षकमा ३७ हजार २११ जनाको आवेदन

     काठमाडौं,फागुन २८ ।

    माध्यमिक तह शिक्षक पदको लागि ३७ हजार २११ जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगले पुष २५ गते चालू शैक्षिक सत्रका लागि आयोग ६८६ पदमा खुला प्रतियोगितात्मक विज्ञापन आह्वान गरेको थियो ।

    आवेदन ३८ हजार ३३१ जनाले दिए पनि ३७ हजार २११ जनाले मात्र शुल्क जम्मा गरेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । आयोगले माघ २४ गतेसम्म नियमित दस्तुरमा र फागुन दुई गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन पाउने समयावधि तोकेको थियो ।

    आयोगले नेपाली विषयको लागि १११ रिक्त पदमा, अंग्रेजी विषयको लागि ८४ रिक्त पदमा, गणित विषयको लागि २०८ रिक्त पदमा, विज्ञान विषयको लागि १९१ रिक्त पदमा, सामाजिक अध्ययन विषयको लागि ५४ पदमा, अर्थशास्त्र विषयको लागि ८ पदमा, कार्यालय सञ्चालन तथा लेखा विषयको लागि १५ पदमा शिक्षक माग गरेको छ ।

    सुदूरपश्चिम प्रदेशमा शिक्षा विषयको लागि एक, मधेश प्रदेशमा स्वास्थ्य विषयको लागि एक, शुक्लयजुर्वेद विषयको लागि एक, गण्डकी प्रदेशमा कम्युटर विज्ञान विषयको लागि एक र लुम्बिनी प्रदेशमा संस्कृत साहित्यको लागि एक रिक्त दरबन्दीमा विज्ञापन खुलाएको छ भने संस्कृत व्याकरणको लागि ३ वटा पदमा संस्कृत भाषाको लागि ७ पदमा शिक्षक माग गर्दै आवेदन खुला गरेको थियो ।

    आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा शिक्षक माग गरेकोमा आईतबार साँझसम्म ७६ हजार ४७४ जनाले आवेदन दिएको शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिएका छन् । आयोगको अनुसार आईतबार राती १२ बजेसम्म आवेदकले नियमित शुल्क तिरेर अनलाईन फाराम बुझाउन सक्नेछन् ।

    आयोगले गत माघ २७ गते खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि विज्ञापन खुला गर्दै फागुन २८ गतेसम्म नियमित दस्तुरमा र चैत ५ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्ने जनाएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology