Logo मंगलवार, श्रावण १२ गते २०८३
images

युएईलाई १७७ रनले हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता

युएईलाई १७७ रनले हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता

  • 3.7K
    SHARES

  • युएईलाई १७७ रनले हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता

    बुटवल,फागुन २८ ।

    आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्ध आइतबारको खेलमा जित निकालेसँगै नेपालले एकदिवसीय मान्यता जोगाएको छ।  युएईबिरुद्ध १ सय ७७ रनको ऐतिहासिक जित निकालेको हो।

    पछिल्लो तीन हप्तामा भएका १० मध्य ९ खेल नेपालले जितेको छ। नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा २२.५ ओभरमा सवै विकेट गुमाएर युएईले जम्मा ७१ रन बनाएको हो। पछिल्लो तीन हप्तामा भएका १० खेलमा ९ वटा खेल जित्दै एकदिवसीय मान्यता जोगाएको हो।

    नेपालले ३४ खेलबाट ३६ अंक जोड्दै नेपाल चौथो नम्बरमा उक्लिएको छ।नेपाल भन्दा अघि तेस्रो नम्बरमा ३९ अंकसहित नामिबिया रहेको छ। स्कटल्यान्ड ५० र ओमान ४४ अंकसहित पहिलो र दोस्रो नम्बरमा रहेका छन्।

    आगामी दुवै खेल जितेमा नेपाल ४० अं‌कसहित टप थ्रीमा रहँदै सिधै विश्वकप छनोट खेल्न पाउनेछ। युएईलाई सस्तोमै समेट्ने क्रममा नेपालका लागि सबैभन्दा धेरै ललित राजवंशीले पाँच विकेट लिए। उनले ७.५ ओभर बलिङ गर्ने क्रममा जम्मा २० रन खर्चिए। सन्दिप लामिछानेले चार ओभरमा १४ रन दिएर दुई विकेट लिए। यसैगरी सोमपाल कामी एक, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले एकएक विकेट लिए। 

    पहिले ब्याटिङ गरेको नेपालले २४९ रनको लक्ष्य दिएको थियो।  २२ रन बनाउनेक क्रममा तीन विकेट गुमाएर  कमजोर सुरुवात गरेको नेपालका लागि रोहित पौडेलले स्महालेका थिए। टस जितेर ब्याटिङ रोजेको नेपालले १० ओभर नखेल्दै तीन विकेट गुमाएको थियो। आरिफ शेख ५ बल खेलेर खाता नखोल्दै युएईका बलर आर्यन लार्काबाट बोल्ड भए भने कुशल भुर्तेल ८ रन बनाएर अफजाल खानबाट एलबीडब्लु धरापमा परे। यसैगरी कुशल मल्ल जम्मा ९ रन बनाएर क्याचआउट भए। 

    कप्तान पौडेलले ११२ बलमा ७७ रन बनाउँदै नेपालको धरमराएको ब्याटिङ लाइन सम्हालेका थिए। उनी प्लेयर अफ दी म्याच बनेका छन्।  यसैगरी भीम सार्कीले ३७ बलमा २९ रन बनाए। आरिफ शेखले ५२ बलमा ४३ रन बनाए। गुल्सन झाले ३२ बलमा ३७ रन बनाए। दिपेन्द्र सिंह घरीले २ छक्का र तीन चौकाको मद्दतले ३४ रन बनाउँदै रनरेट बढाउन सघाए। अन्य ब्याटर भने चल्न सकेनन्।nepali cricket team.jpg

    युएईकका लागि आयान खान, जहूर खान, रोहन मुस्तफा र जवार फरिदले समान दुई-दुई विकेट लिए भने आर्यन लार्का र जनिद सिद्दीकीले एक-एक विकेट लिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology