Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मीका वरिष्ठ साहित्यकार शशी पन्थीलाई ‘धवल पुरस्कार’,गैरेलाई ‘धवल सिर्जना’

गुल्मीका वरिष्ठ साहित्यकार शशी पन्थीलाई ‘धवल पुरस्कार’,गैरेलाई ‘धवल सिर्जना’

  • 3.2K
    SHARES

  • गुल्मीका वरिष्ठ साहित्यकार शशी पन्थीलाई ‘धवल पुरस्कार’,गैरेलाई ‘धवल सिर्जना’

    बुटवल,फागुन २८।

    गुल्मीका वरिष्ठ साहित्यकार शशी पन्थीलाई ‘धवल पुरस्कार’ प्रदान गरिएको छ । मुलुककै जेठौ धवल पुस्तकालय पाल्पाद्वारा स्थापित साे पुरस्कार पन्थीलाई दिइएको हाे । त्यस्तै ‘धवल सिर्जना पुरस्कार’ ‘कृष्ण’ कृतिका लेखक डा. शंकरप्रसाद गैरेलाई प्रदान गरिएको छ ।  

    नेपाली वाङ्मयका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पन्थीलाई धवल पुरस्कारबाट सम्मान गरिएको पुस्तकालयका अध्यक्ष युवराज पौडेलले बताए । गैरे र पन्थीलाई पुस्कालय अध्यक्ष पौडेल र प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले पुरस्कार प्रदान गरे । 
    पन्थी गुल्मीको तम्घास धागीथुमका हुन् ।

    भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा साधनारत र प्राज्ञिक ब्यक्तित्वसमेत हुन् । रेसुङ्गा बहुमुखी क्याम्पसका पूूर्व क्याम्पस प्रमुख समेत रहेका पन्थी लामो समयदेखि साहित्यको क्षेत्रमा क्रियाशील छन् । पन्थीले १७ वर्षको उमेरमै गुल्मीका तम्घासमा पहिलो पटक किरण पुस्ताकालय स्थापना गरेका थिए । पुस्ताकालयमार्फत ‘हाम्रो पुरुषार्थ’ पत्रिका संचालनमा छ ।sashi.jpg

    पाल्पाको बगनासकाली गाउँपालिका–७, खानीगाउँका गैरेलाई २०७८ सालमा प्रकाशित कृतिमध्येबाट उत्कृष्ट कृतिका रूपमा ‘कृष्ण’ उपन्यास छनोटमा परेको हो । गैरे मौलिक सिर्जनाधर्मी, भाषा र साहित्यका शोधकर्ता समेत हुन् । दुबै पुरस्कारको राशी नगद २५ हजार र प्रमाणपत्र रहेको छ ।

    सोही अवसरमा धवल पुस्तकालयलाई विगतमा महत्वपूर्ण योगदान पुर्याएका शिक्षासेवीहरु तानसेन–६, अमरगञ्जका द्वारिकाप्रसाद शर्मा र तानसेन–२, वडिज्ञानटोलका बुद्धीप्रसाद शर्मालाई पनि सम्मान गरिएको छ  ।

    तानसेन २ मेहल्धारामा अवस्थित धवल पुस्तकालय पाल्पाले राष्ट्रिय प्रतिभाप्रति सम्मान र प्रतिभाहरूमा उत्प्रेरणा जगाउने उद्देश्यले धवल पुरस्कारको स्थापना गरी हरेक वर्ष पुुरस्कृत गर्दै आएको धवल पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले बताए ।

    वि.सं १९८३ सालमा स्थापना भएको धवल पुस्तकालय नेपालकै पहिलो सार्वजनिक पुस्तकालय हो । 

    dhawal pustakalaya.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology