Logo बिहिवार, आश्विन १ गते २०८३
images

यस्ताे छ आजको मौसम पूर्वानुमान

यस्ताे छ आजको मौसम पूर्वानुमान

  • 5.8K
    SHARES

  • यस्ताे छ आजको मौसम पूर्वानुमान

    बुटवल,मंसिर ११ -

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव छ ।    

    पश्चिमी वायुको प्रभावका कारण हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदलि र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।  

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडि भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा  आंशिक बदली रहनेछ । 

    यसैगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै प्रदेश नं १ का  उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानहरुमा  हल्का हिमपातको सम्भावना रहेको छ।

    यस्तै, राति देशका पहाडि भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूआंशिक बदली रहनेछ । भने, गण्डकी, कर्णाली र सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology