Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

  • 2.3K
    SHARES

  • एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

    बुटवल,फागुन २७ ।

    नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको छ ।आज बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उपराष्ट्रपतिको उम्मेदवार शाक्यलाई बनाउने निर्णय गरेको हो ।

    बागमती प्रदेशी पूर्वमुख्यमन्त्रीसमेत रहेको शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन सर्वसम्मतरुपमा निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

    चैत तीन गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।मनोनयन दर्ताको समय बिहान ९ बजेदेखि २ बजेसम्का लागि तोकिए पनि दलहरूले उम्मेदवारको टुंगो नलगाउँदै अहिलेसम्म कसैको उम्मेदवारी परेको छैन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology