बुटवल,फागुन २७ ।
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरेको छ । समाजले खाद्यान्न सहयोग तथा रक्तदान लगायतका कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।
समाजले स्थापना दिवसमा मानवसेवा आश्रम तिलोत्तमा दैनिकी उपभोग्य बस्तु, खाद्यान्नसँगै सिलिङ्ग पंखा लगायतका सामग्री सहयोग गरेको समाजका अध्यक्ष उषा खत्रीले नागरिक अनलाइनलाई बताउनुभयो । आश्रममा २७ हजार रुपैया बरावरको सामग्री सहयोग गरिएको खत्रीले बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाका वडा नं ६ का अध्यक्ष गणेश पाठक, समाजका अध्यक्ष खत्री, उपाध्यक्ष उपाध्यक्ष ढकबहादुर टण्डन, सचिव विकाश टण्डनले आश्रमका मानव सेवा आश्रम रुपन्देही जिल्ला संयोजक टिका थापालाई उक्त सहयोग सामग्री हस्तान्तरण गर्नु भएको हो ।
यसैबीच कार्यक्रममा चक्रपथ सरसफाई अभियन्ता ग्रीन सिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले हरेक हप्ता दुईदिन व्रत बस्दा जम्मा भएको रकम अनाथहरुलाई दान गरेमा पुन्य कमाईने पनि बताउनुभयो।
यस्तै कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहाकार हुमनाथ ज्ञवाली, हेमलाल शर्मा भुसाल, गोबिन्द अर्याल, कर्ण बहादुर टण्डन, लक्ष्मण अर्याल, सवित्रा टण्डन, हिरा अर्याल सहयोगले असहायलाई उत्साह थपिने बताउनुभयो ।
सो अवसरमा सहयोग प्रदान गर्ने समाजका विभिन्न व्यक्तहरुलाई अध्यक्ष खत्रीले धन्यवाद दिनु भएको थियो यस्तै समाजको पाचौ जानकारी दिनुभयो । स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम गरेको छ । समाजसेबी चित्रमान गौचन आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा ५७ युनिट रगत संकलन भएको समाजले जनाएको छ ।
बुटवल ब्लड बैंकमा सम्पन्न कार्यक्रममा रंगतदान गर्नु हुने रक्तदातालाई कदर पत्र प्रदान गरिएको संयोजक तथा सचिव विकाश टण्डनले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)