Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘ग्रीन तिलोत्तमा: क्लिन तिलोत्तमा’ विषयमा वक्तृत्वकला र चित्रकला प्रतियोगिता

‘ग्रीन तिलोत्तमा: क्लिन तिलोत्तमा’ विषयमा वक्तृत्वकला र चित्रकला प्रतियोगिता

  • 1.6K
    SHARES

  • ‘ग्रीन तिलोत्तमा: क्लिन तिलोत्तमा’ विषयमा वक्तृत्वकला र चित्रकला प्रतियोगिता

    तिलोत्तमा,फागुन २६ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् शुक्रबार विद्यार्थीहरुबीच वक्तृत्व र चित्रकला प्रतियोगिता भएका छन् । विद्यार्थीलाई अभियानको विषयमा जानकारी दिलाउने उद्देश्यले नगरपालिकाले विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरेको हो ।

    शान्ति नमूना माविको व्यवस्थापनमा भएको वक्तृत्वकला प्रतियोगितामा १८ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा नवज्योती बोर्डिङ स्कूलका जविक पाठक प्रथम, शान्ति नमूना माविकी सर्वदा विश्वकर्मा द्धितीय, बुटवल पब्लिक बोर्डिङ स्कूलकी श्रीसा न्यौपाने तृतीय र दूर्गा वैदिक संस्कृत माविका विवेक गैरे सान्तवना भएका छन् । उनीहरुले क्रमशः चार हजार पाँच सय, तीन हजार पाँच सय, दुई हजार पाँच सय, एक हजार पाँच सय सहित शिल्ड प्राप्त गरेको सप्ताहव्यापी कार्यक्रम कार्यान्वय समिति सदस्य खेमराज पाण्डेले जानकारी दिनुभयो ।

    प्रतियोगितामा सह—प्राध्यापक टेकराज अर्याल, गोपिकृष्ण भण्डारी र कविता पन्थी निर्णायक रहेका रहनुभएको थियो । शान्ति नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षता, नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख जागेश्वरी चौधरी, वडा नं. ५ का वडाध्यक्ष रमेश डुम्रे, कार्यपालिका सदस्य एवं कार्यान्वय समिति संयोजक सुरेन्द्र श्री, विद्यालयका प्रअ कुलप्रसाद लामिछानेलगायतले कार्यक्रमको बारेमा बोल्नुभएको थियो ।

    यसैगरी चित्रकला प्रतियोगितामा सिद्धार्थ बोर्डिङ स्कूलकी अर्चिता बाँनिया प्रथम, शंकरनगर दूर्गादत्त माविकी मिष्मा राहाडी मगर द्धितीय तथा बुटवल पब्लिक स्कूलका रञ्जन खड्का र शान्ति नमूना माविका संरचना भण्डारीले तृतीय स्थान प्राप्त गरेको प्रतियोगिता संयोजक प्याब्सन तिलोत्तमाका अध्यक्ष के.एन. सागर ज्ञवालीले जानकारी दिनुभयो । उनीहरुले क्रमशः तीन हजार पाँच सय, दुई हजार पाँच सय र एक हजार पाँच सय नगद सहित शिल्ड प्राप्त गरेका छन् । वरिष्ठ आर्टिष्ट एच.बि. रम्तेल र मन गोल्डी निर्णायक रहेको प्रतियोगितामा २० विद्यालयले सहभागिता जनाएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology