बुटवल,मंसिर १०-
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुटवलमा एजेन्सी म्यानेजर सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । एक समारोहका बिच एजेन्सी म्यानेजरहरुलाइ खादा,मायाको चिनो,नियुक्ति पत्रसहित सम्मान गरिएको बुटवल शाखा प्रमुख रिता केसीले बताउनुभयो ।
सो अवसरमा प्राइम लाइफ इन्स्योरेन्सका भावी योजना र नयाँ स्किमका बारेमा पनि जानकारी गराइएको थियो । कार्यक्रममा प्राइम लाइफ इन्स्योरेन्सका प्रदेश कार्यालय प्रमुख शिवप्रसाद पौडेलले सहभागी १ सय ५० जनालाइ सहजीकरण गर्नुभएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)