Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तेस्रो राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सुरु

तेस्रो राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सुरु

  • 1.2K
    SHARES

  • तेस्रो राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सुरु

    काठमाडौं,फागुन २५ ।

    मुलकका लागि हुन गईरहेको तेस्रो राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ । बानेश्वरस्थि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजे देखी मतदान सुरु भएको हो ।  जारी मतदानमा पहिलो मत नेपाली कांग्रेसका नेता  तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले हालेका छन । 

    ‘बिहान १० बजे देखी सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडेलले भने, ‘तीन बजेसम्म लाइन बसेका सांसदले मतदानमा सहभागी हुन सक्नेछन ।’

    मतदानका लागि संघीय सांसदका सांसद र प्रदेश सांसदह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर लाइन बसिसकेका छन । संघीय सांसद र प्रदेश सांसदका लागि मतदान गर्ने स्थल अलग अलग बनाईएको छ । सांसदहरु मतदानस्थलमा आउने क्रम जारी छ ।

    आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology