Logo मंगलवार, श्रावण १२ गते २०८३
images

म राष्ट्रपतिमा निर्वाचित भए शितल निवासबाट निस्कँदा सडकमा जाम हुँदैन : रामचन्द्र पौडेल

म राष्ट्रपतिमा निर्वाचित भए शितल निवासबाट निस्कँदा सडकमा जाम हुँदैन : रामचन्द्र पौडेल

  • 3.6K
    SHARES

  • म राष्ट्रपतिमा निर्वाचित भए शितल निवासबाट निस्कँदा सडकमा जाम हुँदैन : रामचन्द्र पौडेल

    काठमाडौं, फागुन २५ ।

    राष्ट्रपति उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएमा शितल निवासबाट बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु नपर्ने बताएका छन्।

    राष्ट्रपति चुनावका लागि मतदान गर्न नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसर पुगेका पौडेलले आज पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति शितल निवासबाट बाहिर निस्कँदा सडकमा जाम नहुने बताए।

    उनले आफू राष्ट्रपति निर्वाचित भएमा उदाहरणीय काम गर्ने बताएका थिए। ‘राजतन्त्रको राष्ट्रप्रमुख र गणतन्त्रको राष्ट्रप्रमुखबीच भिन्नता तपाईंहरूले देख्नुहुनेछ,’ उनले भने, ‘शितल निवासबाट राष्ट्रपति बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु पर्दैन।’

    उनले संविधानको रक्षा गर्ने पनि बताएका थिए।

    यसअघिका राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीका पालामा राष्ट्रपति शितल निवासबाट बाहिर निस्कँदा सडक खाली गर्ने गरिएकोमा आलोचना भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology