Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमामा सिर्जनशील संस्था नेपालले श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ गर्दै

तिलोत्तमामा सिर्जनशील संस्था नेपालले श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ गर्दै

  • 4.9K
    SHARES

  • तिलोत्तमामा सिर्जनशील संस्था नेपालले श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ गर्दै

    बुटवल,फागुन २४ ।

    रुपन्देहीको तिलोत्तमा स्थित सिर्जनशील संस्था नेपालले श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ गर्ने भएको छ ।फागुन २८ गतेदेखि श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ तथा बोद्ध दर्शन प्रवचन आयोजना हुने भएको छ ।

    सिर्जनशिल संस्था नेपालको आयोजनामा व्यवारिसे तथा सडक बालबालिकाहरुको दिगो व्यवस्थापनका लागि भवन निर्माणार्थ तिलोत्तमा–९ मँगलापुरमा चैत्र २८ गतेसम्म महायज्ञ सञ्चालन हुने भएको हो ।महायज्ञ सञ्चालनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको महयज्ञ सम्पादन समिति संयोजक रोममणी प्रसाद पाठकले जानकारी दिए । आचार्य ओमप्रकास सुवेदीबाट महायज्ञमा प्रवचनक कार्यक्रम रहेको उनले बताए ।

    यसैगरी बोद्ध गुरु भिक्षु ज्ञानेन्द्र स्थविर “सद्धम्भ कोविद” ले बोद्ध दर्शन बारे प्रवचन दिने कार्यक्रम रहेको छ । यज्ञ सम्पादनका लागि करिब ५ सय सदस्यीय मुल आयोजक समिति तथा १३ वटा विभिन्न उपसमिति गठन गरिएको उनले बताए ।२०५४ सालमा स्थापना भएको सिर्जनशिल संस्थाले बालबालिका तथा महिला उत्थानको क्षेत्रमा काम गर्दै आएको छ ।

    महिलाहरुले सञ्चालन गर्दै आएको यस संस्थामा ३५ जना महिला आजीवन सदस्य तथा ३ जना पुरुषहरु आजीवन सदस्का रुपमा रहेको संस्थाकी अध्यक्ष प्रतिमा शर्माले बताईन । संस्थाले हालसम्म १९७ जना सडक बालबालिकाको उद्दार गरिसकेको उनले बताइन ।

    उद्दार गरिएका मध्ये १३ जना बालबालिकाहरुलाई दिगो बिकासका लागि नेपाल सरकारलाई जिम्मा लगाइएको तथा १३० जनालाई परिवारसँग पुनः मिलन गराइएको उनले बताइन । यसैगरि २६ जनालाई जीविको पार्जन सीम सिकाई व्यवस्थापन गरिएको अध्यक्ष  शर्माले बताइन् । यस्तै १८ जना बालबालिकालाई संस्थाले व्यवस्थापन गरिरहेको छ ।तिलोत्तमा नगरपालिकाले वडा नम्बर ७ मा उपलब्ध गराएको २ कठ्ठा जमिनमा भवन निर्माण गर्न लागिएको हो । सभाहलसहित १२ कोठामा बन्ने भवनका लागि ८१ लाख खर्च अनुमान गरिएको संस्थाकी कार्यक्रम सम्पादन तथा व्यवस्थापन निर्देशक प्रतिमा पन्तले जानकारी दिइन् । महाज्ञबाट करिब २ करोड अर्थ संकलन गर्ने लक्ष्य राखिएको उनले बताइन । यज्ञ सम्पादनका लागि १५ लाख खर्च अनुमान गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology