Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स डिष्ट्रिक ३२५ पीद्वारा महिलाहरुलाई नेतृत्व विकास अभिमुखिकरण

लायन्स डिष्ट्रिक ३२५ पीद्वारा महिलाहरुलाई नेतृत्व विकास अभिमुखिकरण

  • 1.6K
    SHARES

  • लायन्स  डिष्ट्रिक ३२५ पीद्वारा महिलाहरुलाई नेतृत्व विकास अभिमुखिकरण

    बुटवल,फागुन २४ ।

    लायन्स क्लव डिष्ट्रिक ३२५ पी ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बुधवार महिलालाइ नेतृत्व विकास तालिम प्रदान गरेको छ ।महिलाको क्षमता विकासका लागि यस्ता गोष्ठीहरु महत्वपुर्ण हुने कार्यक्रममा सहभागीले बताएका थिए ।

    कार्यक्रममा भिम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्टेन्ट  डा. शकुन्तला गुप्ताले  महिलाहरुको समान सहभागीताका लागि शिक्षा क्षेत्रमा जोड दिनुपर्ने बताईन ।

    ‘लैङ्गिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’  भन्ने नाराका साथ आयोजना गरिएको कार्यशालामा मुख्य प्रशिक्षकण दिदै डा. गुप्ताले महिलाहरुको कार्यस्थल देखि लिएर अन्य स्थानमा समेत समान सहभागीता सहित सम्मानजनक उपस्थिति आवश्यकता रहेको बताएकी थिईन ।

    महिलाहरूको सामाजिक चेतना विकासमा जोड दिनुपर्ने भन्दै , विभिन्न देशका अग्रज महिला नेतृत्वको बारेमा जानकारी दिईन । त्यसका लागि महिलाले महिलालाई नै सम्मन गर्ने वातावरण सृजना गर्नु पर्नेमा जोड दिईन । 

    यस्तै  विभिन्न विभुषणबाट विभुषित लायन्स पाष्ट डिष्ट्रिक गर्भनर  शोभा जोशीले कार्यक्रममा बोल्दै  महिलाहरु सधै चुलो चौकोमा मात्रै सिमित नभएर खुल्ला प्रतिष्पार्धामा उत्रीएर अधिकार स्थापनाको लागि एक जुट हुनुपर्ने बताएकी थिईन ।2.jpg

    लुम्बिनी प्रेस क्लव भैरहवाका अध्यक्ष  सम्झना शर्मा ले महिलाहरुको मिडिया सहित अन्य क्षेत्रमा सहभागीताका लागि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल क्लवहरुले उत्प्रेरेणा अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी थिईन ।

    कार्यक्रममा शिक्षा विद तथा समाजसेजी मिना पन्थी, शिक्षाकर्मी कमला शर्मा , नेपाल लाईफको हेड एजेन्सी म्यानेजर कमला जोशी लगायतले आ-आफ्नो भनाई  राखेका थिए ।

    सिनियर एडभाईजर राधीका भुषाल अध्यक्षता तथा  रिजन चियर पर्सन जमुना पाण्डेको संचालन ,राष्ट्रिय झण्डाको अभिवादन कमला पन्थले गरेको सो कार्यक्रम बुटवल उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष खेम बहादुर हमालको संयोजकत्वमा भएको हो ।

    डिष्ट्रिक गर्भनर नवराज न्यौपाने,फष्टभिडिजी अर्जुनमान सैँजू,  सकेण्ड भिडिजी पुरुशोत्तम प्रधानाङ्ग, पुर्व गर्भनर महेन्द्र नारायण श्रेष्ठ, पुर्व गर्भनर अरुणप्रताप राणा,डिष्ट्रक सचिव सन्दीप कसौधन, कोषाध्यक्ष विनोद खरेल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।  कार्यक्रममा विभिन्न क्लवका  २ सय भन्दा बढि महिला तथा पुरुषको सहभागीता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology