Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चारवटा बाणिज्य संघले देवदह पाकरी वृक्षमा मनाए होली

चारवटा बाणिज्य संघले देवदह पाकरी वृक्षमा मनाए होली

  • 1.8K
    SHARES

  • चारवटा बाणिज्य संघले देवदह पाकरी वृक्षमा मनाए होली

    बुटवल,फागुन २३ ।

    रुपन्देहीको देवदहमा विभिन्न चार ब्यवसायिक संघ-संस्थाले सामुहिक रुपमा होली मिलन कार्यक्रम गरेर फागुपूर्णिमा मनाएका छन् । देवदह उद्योग बाणिज्य संघको आयोजना तथा समन्वयमा देवदहको पाकरी वृक्षमा होली मिलन कार्यक्रम गरेर फागु पुर्णिमा पुर्व मनाएका हुन् ।

    देवदह उद्योग बाणिज्य संघ रुपन्देहीको समन्वयमा भएको कार्यक्रममा सुनवल उद्योग बाणिज्य संघ, वर्दघाट उद्योग बाणिज्य संघ र उद्योग बाणिज्य संघ नवलपरासीको सहभागितामा होली मिलन कार्यक्रम गरिएको देवदह बाणिज्यका अध्यक्ष हरि भण्डारीले जानकारी दिनुभयो ।

    देवदहमा रहेको एतिहासिक पाकरी वृक्षको प्रचारप्रसारसँगै ब्यवसायिक संस्थाविचको आपसि सद्भाव कायम गर्न पाकरी वृक्षमा होली मिलन कार्यक्रम गरिएको भण्डारीले बताउनुभयो ।

    होली मिलन कार्यक्रममा सुनवल बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य, वर्दघाट बाणिज्य संघका अध्यक्ष मेघनाथ न्यौपाने, संघका सल्लाहकार प्रमोद खनाल, बासु रिमाल, मोहन जिसि, महासचिव विष्णु न्यौपाने, संघका मिना श्रेष्ठ, एक्सपर्ट एजुकेशनल कन्सल्टेन्सीका बुटवल प्रमुख रोशन कण्डेल, लगायतले होली मिलन कार्यक्रमले ब्यबसायिक आत्मियता र भाईचारा बढ्नुका साथै ब्यवसायिक सद्भाव कायम गर्ने बताउनु्भयो ।

    देवदहको एसिहासीक पाकरी वृक्षमा गरिएको कार्यक्रमले देवदहको पर्यटकिय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुर्ने विश्वास गर्नुभएको थियो । कार्यक्रममा देवदहसँगै सुनवल, नवलपरासी, वर्दघाटका बाणिज्यसँघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।holii.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology