Logo बिहिवार, आश्विन १ गते २०८३
images

पहाडी जिल्लाहरुमा होली मनाइयो

पहाडी जिल्लाहरुमा होली मनाइयो

  • 1.1K
    SHARES

  • पहाडी जिल्लाहरुमा होली मनाइयो

    बुटवल,फागुन २२ ।

    आज नेपालका पहाडी जिल्लाहरुमा होली मनाइएको छ । रुपन्देही सहित यस आसपासमा सान्तिपूर्ण रुपमा आज होली पर्व मनाईएको हो । होलीको अवसरमा स्थानीय तथा विभिन्न क्लव र संघ संस्थाहरुको आयोजनामा विविध कार्यक्रमहरुको आयोजना गरि एक आपसमा टीका र अबीर लगाई होली पर्व मनाईएको हो ।

    होली पर्वको अवशरमा कुनै पनि अवाञ्छित गतिविधि नहोस भन्ने उद्देश्यले सुरक्षा व्यवस्थालाई चुस्त पारिएको थियो । जिल्ला सदरमुकाम तम्घास लगायत रिडी, वामीटक्सार,बलेटक्सार, खैरेनी, शान्तिपुर, मजुवा लगायतका ठाउँहरुमा दिनभर अबीर खेलेर एक आपसमा प्रेमभाव साटासाट गर्दै धुमधामका साथ होली पर्व मनाईएको थियो । होलीले परम्परागत धर्म र सँस्कृतीको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताईन्छ ।

    होलीको अवशरमा सदरमुकाम तम्घासमा विभिन्न क्लव र स्थानीय टोलवासीहरुले नाँचगान गर्ने र घैंटो फोर्ने, साँगितिक प्रस्तुतीहरु देखाउने जस्ता रोचकरोचक विबिध कार्यक्रमहरुको आयोजना समेत गरिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक नविन किशोर प्रधानका अनुसार  होली पर्व साँस्कृतिक पर्व पनि भएको भन्दै यसलाई व्यवस्थित गर्न जिल्लामा प्रहरीको मोवाईल गाडी, मोटरसाईकल गस्ती, पैदल गस्तीका साथै अलग अलग प्रहरीको भिन्न भिन्न टोली बनाएर परिचालन गरिएको थियो ।

    गुल्मीमा सदरमुकाम तम्घास लगायत ग्रामिण क्षेत्रका मुख्य मुख्य स्थानहरुमा एक आपसमा शुभकामना आदान प्रदान गर्दै आपसी भाइचाराका साथ होली पर्व मनाउने प्रचलन छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology