Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमामा मोटरसाइकल दुर्घटना,श्रीमान् श्रीमती घाइते

तिलोत्तमामा मोटरसाइकल दुर्घटना,श्रीमान् श्रीमती घाइते

  • 1.3K
    SHARES

  • तिलोत्तमामा मोटरसाइकल दुर्घटना,श्रीमान् श्रीमती घाइते

    बुटवल फागुन २२ ।

    रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु ४४ प १७५६ नम्बरको मोटरसाइकल आइतबार तिलोत्तमा १५ स्थित सैनिकपथमा अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो ।

    दुर्घटनामा परी मोटरसाइकलका चालक बुटवल उपमहानगरपालिका–४ का ४५ वर्षीय प्रेमप्रसाद गौतम र उनकी ४० वर्षीया श्रीमती बसुन्धारा गौतम घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    घाइते प्रेमप्रसादको अवस्था गम्भीर रहेको छ भने उनकी श्रीमती बसुन्धाराको अवस्था मध्यम रहेको छ । उनीहरुको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology