Logo बुधवार, श्रावण १३ गते २०८३
images

तिलोत्तमामा बक्तृत्वकला प्रतियोगिता,कमला पाठक प्रथम

तिलोत्तमामा बक्तृत्वकला प्रतियोगिता,कमला पाठक प्रथम

  • 1.4K
    SHARES

  • तिलोत्तमामा बक्तृत्वकला प्रतियोगिता,कमला पाठक प्रथम

    बुटवल,फागुन २१ ।

    तिलोत्तमा नगरपालिका कुन्जलापुरमा ११३ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। ११३औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित प्रतियोगितामा नगरपालिकाका विभिन्नि वडाबाट ११ जना प्रतियोगिहरु सहभागी भएका थिए ।

    लैंगिक समानताको बलियो आधार स् सृजनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार बिषयमा बक्तृत्वकला आयोजना भएको थियो। प्रतियोगितामा तिलोत्तमा वडा न ६ की कमला पाठक प्रथम, वडा नम्बर १३ की बिमला केसी दोस्रो भएकी थिइन । तिलोत्तमा २ नं की बसुन्धरा पाण्डेले तेस्रो स्थान प्राप्त गरेकी थिइन् भने सान्त्वना पुरस्कार वडा नम्बर ११ कि ममता गिरी र मिना अर्यालले प्राप्त गरेका छन् ।

    लेखक प्राध्यापक तथा साहित्यकार ऋषिराम भुसाल, नेपाल पत्रकार महासंघ रुपन्देहीकी महिला उपध्यक्ष अमृता अनमोल, पत्रकार सन्जु पौडेल निर्णायक रहेको प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, दोस्रोले ८, तेस्रोले ६ र सान्त्वना पुरष्कार प्राप्त गर्नेले नगद ४र४ हजार प्राप्त गरेका छन् ।

    प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वनाहुने प्रतियोगीलाई उप प्रमुख जागेश्वर देवी चौधरीले नगद सहित पुरष्कार बितरण गर्नुभएको थियो।  

    कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले हरेक घरमा नारी शिक्षित हुन जरुरी रहेको बताउनुभयो। उहाँले समाजको सृष्टी देखि बिकास समृद्धिका लागि नारीको सहभागिता र शिक्षित समाज निर्माणका लागि नारीको ठुलो भूमिका रहेको बताउनुभयो।

    सो अवसरमा बोल्दै नगर उप प्रमुख जागेश्वर देवी चौधरीले नारीको अधिकारका लागि पुराना पुस्ताले गरेको त्यागले आजका नारीहरु समाजमा स्थापित हुन सघाएको बताउनुभयो। उहाँले समाजमा नारीको त्याग र समर्पणले समाजलाई बिकासको बाटोमा ल्याउन सफल भएको बताउनुभयो।

    कार्यक्रममा उपस्थित सहभागीहरुलाई स्वागत गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले नारीको हक अधिकार र समान सहभागिताको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। उहाँले नगरपालिकाले नारी सशक्तिकरणका लागि विभिन्न कार्यक्रम तथा उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याएको समेत बताउनुभयो।

    कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे, नेकपा एमालेका सचिव मिन प्रसाद पोख्रेल, साहसी कदम नेपालका आनीक राना, राष्ट्रिय जनमुक्ती पार्टीका राधिका श्रीस, जनता समाजबादी पार्टीका राजेन्द्र यादव, नेकपा एकीकृत समजबादिका रामचन्द्र भट्टराई,राप्रपा नेपालका राधिका पाण्डे, राष्ट्रिय जनमोर्चाका रुक बहादुर पराजुली , उद्योग बाणिज्य संघ तिलोत्तमाका महासचिव राजन पाण्डे,चेम्बर अफ कमर्शका बाबुलाल भुसाल,लगायतले नारिदिवासका अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो।

    tina.jfif

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology