Logo बुधवार, श्रावण १३ गते २०८३
images

‘सबै भँगालाहरू एक ठाउँमा मिसिएर विशाल सागरतिर जाने समय आयो ’ : पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सबै भँगालाहरू एक ठाउँमा मिसिएर विशाल सागरतिर जाने समय आयो ’ : पुष्पकमल दाहाल ‘प्रचण्ड’

  • 2.1K
    SHARES

  • ‘सबै भँगालाहरू एक ठाउँमा मिसिएर विशाल सागरतिर जाने समय आयो ’ : पुष्पकमल दाहाल ‘प्रचण्ड’

    काठमाडौं, फागुन २१ ।

    प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ ।

    आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको हो ।

    उहाँले भन्नुभयो, ‘‘समय आएको छ । फेरि हामी माओवादीहरू सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । मैले त्यो अपिल गर्दै आएको छु । माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो । शान्ति प्रक्रियापछि यो विभिन्न भँगालाहरू तिर विभाजित जस्तो भयो । अब समय फेरि बग्दै जाँदा ती सबै भँगालाहरू एक ठाउँमा मिसिएर एउटा विशाल सागरतिर जाने समय आयो ।’’

    उहाँले सबै माओवादीहरू एक ठाउँमा केन्द्रित हुने समय आएको बताउनुभयो । विगतमा विभाजित भएर सबैले आ–आफ्नो अनुभवहरू समेटेको भन्दै एकअर्काका अनुभवलाई आफ्नै अनुभवको रूपमा लिएर एकताबद्ध हुनुपर्ने धारणा प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभयो ।

    प्रधानमन्त्री प्रचण्डले आफूले एकताका लागि सबैसँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईसँग भने निकै अघि बढिसकेको बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology