बुटवल,फागुन २१ ।
बुटवल हाटबजारमा रहेको सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा होली मिलन कार्यक्रम भएको छ। नेपाल बिद्यार्थी संघले होली मिलन गरेको हो ।
बिद्यार्थीहरुले एकआपसमा रंग दलेर शुभकामना साटासाट गरेको नेविसंघ इकाइ सभापति महेश शर्माले नागरिक अनलाइनलाइ जानकारी दिए । पहाडमा भोलि र तराइमा पर्सी होली मनाइदैछ ।




नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)