Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धार्थ उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व,अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ विजयी

सिद्धार्थ उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व,अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ विजयी

  • 1.2K
    SHARES

  • सिद्धार्थ उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व,अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ विजयी

    बुटवल,फागुन २१ ।

    रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनको मतपरिणाम आज आएको हो ।

    संघको अध्यक्षमा ठाकुर कुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले १ हजार १ सय ७ मत पाएर निर्बाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी बिजय पाण्डेले ६८७ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत शिव गौडेलले जानकारी दिनुभयो ।

    संघको वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्यले १ हजार २५५ मत ल्याई विजयी हुनुभयो ।  उहाँको प्रतिद्वन्दी अरुण कुमार गोयनकाले ५४७ मत प्राप्त गर्नुभयो । वाणिज्य उपाध्यक्षमा गोविन्द ज्ञवाली १ हजार १ सय २३ मत पाएर विजयी हुँदा सोही पदका अर्का उम्मेदवार रवि कुमार श्रेष्ठले ६४३ मत पाउनुभयो ।

    उद्योग उपाध्यक्षमा दिलिप कुमार कान्दु ८९४ मत ल्याई निर्वाचित ह्ुनुभयो  भने हरिबहादुर थापाले ८७३ मत मात्रै प्राप्त गर्नुभयो । महासचिवमा कृष्ण प्रसाद घिमिरे ९६१ मत ल्याइ हुँदा गोपाल भण्डारीले ८सय ४ मत पाउनुभयो ।कोषाध्यक्षमा कमल प्रसाद मरासिनी ८७७ मत ल्याइ विजयी हुदाँ गौरब श्रेष्ठले ५१८ पाउनुभयो ।सोही पदका अर्का उम्मेदवार गंगासागर अग्रहरीले ३६२ मत पाउनुभएको थियो ।सचिवमा मंगल भण्डारी ९९२ मत ल्याइ विजयी  हुनुभयो भने धर्मवीर शर्माले ७७९ मत पाउनुभयो ।
    यस्तै बस्तुगत सदस्यमा प्रीतम रौनियार ,उद्योग तर्फ खुल्ला सदस्यहरुमा ओम जैसी (१२४१), रमेश घिमिरे (११७७), रचना क्षेत्री (११५६), कमल ज्ञवाली (११२७) र विष्णुमाया शर्मा पौडेल (८६१) मत ल्याइ विजयी हुनुभयो ।

    वाणिज्य तर्फ खुल्ला सदस्यमा अर्जुन कार्की (१२१०), प्रमोद रिजाल (१३०१) , विशाल जैसवाल (१२८३), कृष्ण प्रसाद अधिकारी (१२७६) , विरेन्द्र ज्ञवाली (१०७५ ), दिनेशमान अमात्य (१२४६) , अभिनव मयुर कसौधन (१२७१) धर्मराज आचार्य (१३७८) मिना पन्थी (१४२८), र विजय अधिकारी (१३०७) मत ल्याइ विजयी हुनुभएको छ ।

    कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवाल, सह कोषाध्यक्षमा संजय कुमार बेरीवाल, कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकास कुमार गोयनका तथा वाणिज्य तर्फ महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गौडेलले जानकारी दिनुभयो ।

    सिद्धार्थ उद्योग बाणिज्य संघमा २ हजार १ सय ९३ जना मतदाता मध्ये १ हजार ८ सय २८ जनाले मतदाता निर्वाचन प्रकृयामा भाग लिएका थिए ।

    सरकारले उद्योगी व्यवसायीलाई नजरअन्दाज गरिरहेको छ : चन्द्रप्रसाद ढकालsucci.jpg

    सअघि उद्घाटनसत्रमा बोल्ने बक्ताहरुले खुला सीमाका कारण व्यवसायमा ठूलो असर परेको बन्दै केन्द्रियस्तरबाट सीमा व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।

    उद्योगी व्यवसायीहरुले अहिलेको विषम परिस्थितिमा पनि सरकारले उद्योगी व्यवसायीलाई नजरअन्दाज गर्दै हेर्ने दृष्टिमा परिवर्तन नआएकोे बताए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले केही समय आर्थिक अवस्थामा संकट परेकोले सधै यस्तै नरहने औल्याउदै उद्योगी व्यवसायी नआत्ति धैर्य गर्न आग्रह गर्नुभयो ।

    उहाँले नेपालको अर्थतन्त्र जोगाउन तत्काल बजारमा तरलता प्रवाह आवश्यक रहेको बताउदै उद्योगी व्यवसायीको हकहितमा महासंघ लागिपर्ने भएकोले बैंकहरुले बचतमा ब्याजदर बढाएकै कारणले अहिलेको अवश्था आएकोले घटाउने तर्फ महासंघ लागेको बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology