Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा रुपन्देहीकाे कांग्रेसलाई प्रश्न -‘अर्थमन्त्री बिष्णु पौडेललाई कालोझण्डा किन देखाएको ?’

नेकपा रुपन्देहीकाे कांग्रेसलाई प्रश्न -‘अर्थमन्त्री बिष्णु पौडेललाई कालोझण्डा किन देखाएको ?’

  • 3.2K
    SHARES

  • नेकपा रुपन्देहीकाे कांग्रेसलाई प्रश्न -‘अर्थमन्त्री बिष्णु पौडेललाई कालोझण्डा किन देखाएको ?’

    बुटवल, मंसिर १० ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेललाई नेपाली काँग्रेस रूपन्देहीले कालोझण्डा देखाएको भन्दै नेकपा रूपन्देहीले गम्भीर आपत्ति प्रकट गरेको छ । 

    नेकपा रुपन्देहीले बुधबार एक विज्ञप्ती जारी गर्दै मन्त्री पौडेललाई कालोझण्डा देखाएकोमा आपत्ति जनाएको हो । नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईंद्वारा जारी विज्ञप्तीमा शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने अधिकार प्राप्ति र संरक्षणको लडाई सँगसँंगै लडेको स्मरण गराउँदै जिल्लाका विकास आयोजनाहरूको उदघाटन, शिलान्यास र अनुगमनको शिलशिलामा रहेका अर्थमन्त्रीको बिरोध गरेर कांग्रसले आफुलाई यी सबै बिकास प्रयासहरूको बिपक्षमा खडा गर्न चाहेको त होईन ? भनेर गम्भीर प्रश्न खडा भएको उल्लेख छ ।

    यस सन्दर्भमा नेपाली कांग्रेसलाई आफ्नो धारणा स्पष्ट गर्न नेकपा रुपन्देहीले आग्रह गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology