बुटवल,फागुन २० ।
ड्रिम भिजन स्कुल अफ फर्साटिकरले आफ्नो २४ औ वार्षिकोत्सब भब्य रुपमा मनाएको छ ।
विद्यालयमा शनिबार पुरस्कार तथा अवार्ड वितरण कार्यक्रम गरि भब्य रुपमा वार्षिकोत्सब मनाएको हो । कार्यक्रममा विद्यालयका प्राचार्य रुपा पराजुलीले ग्रामिण क्षेत्रमा स्थापना भएको विद्यालय २४ औ वर्षमा पुग्दा ठूलो चुनौती आईपरेको बताईन ।
कार्यक्रममा प्याप्सन नेपालका केन्द्रीय सचिव सुवर्ण न्यौपाने, विद्यालयका अध्यक्ष गिरिराज डुम्रे,कार्यकारी निर्देशक चुडामणी डुम्रे लगायतले विजेता,उपविजेताहरु बिद्यार्थीहरुलाइ पुरस्कृत गरे ।
वार्षिकोत्सवको एक समारोहका बिच प्याप्सन नेपालका केन्द्रीय सचिव सुवर्ण न्यौपानेले उद्घाटन गर्दै शैक्षिक विकासमा निजि क्षेत्रको योगदान रहेको बताए । 
साे अवसरमा जिल्ला समन्वय समितिका उमाकान्त चापागाई, शुद्धाेधन गाउँपालिकाका अध्यक्ष विष्णु बस्याल,जेसिआई सेनिटर श्रीधर बश्याल, प्याब्सन नेपालका रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली,अभिभावक रामु पाण्डे,बिद्यार्थी स्प्नील डुम्रे लगायतले बोल्दै बिद्यालयले ग्रामिण क्षेत्रमा स्थापना गरेर शैक्षिकसंगै समाज रुपान्तरणमा नमुना र रचनात्मक काम गर्दै आएको बताए ।
विद्यार्थीहरुले फुड फेष्टिवल, विज्ञान प्रदर्शनीका साथै अभिभावक, शिक्षक र विद्यार्थीहरुको खेल कार्यक्रम फागुन १८ गतेदेखि ३ दिनसम्म संचालन भएको थियो ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)