Logo मंगलवार, श्रावण १२ गते २०८३
images

...र यसरी चुनाव अघिको गठबन्धन ब्युँतियो : कांग्रेस सभापति शेरबहादुर देउवा

...र यसरी चुनाव अघिको गठबन्धन ब्युँतियो : कांग्रेस सभापति शेरबहादुर देउवा

  • 1.4K
    SHARES

  • ...र यसरी चुनाव अघिको गठबन्धन ब्युँतियो : कांग्रेस सभापति शेरबहादुर देउवा

    काठमाडौं,फागुन १८।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आँट र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चौडा छाती बनाएकाले चुनाव अघिको गठबन्धन ब्युँतिन सम्भव भएको बताएका छन्।

    बिहीबार राष्ट्रपति चुनावका लागि संघीय सांसदहरूलाई ८ दलले दिएको प्रशिक्षणमा बोल्दै देउवाले प्रधानमन्त्री प्रचण्ड र नेपालको प्रशंसा गरेका हुन्। रामचन्द्र पौडेल राष्ट्रपति हुन उपर्युक्त पात्र भएको देउवाले बताएको प्रशिक्षणमा सहभागी जसपा सांसद राजकिशोर यादवले जानकारी दिए।

    प्रशिक्षणमा बोल्दै देउवाले पौडेल आफ्ना पुराना साथी भए पनि केही दिएन भन्ने गुनासो सुनिने गरेको बताए। ‘रामचन्द्रलाई केही दिएन, केही दिएन भन्ने गुनासो सुनिन्थ्यो,’ देउवाले भने,‘अब उहाँलाई हामीले राष्ट्रपति बनाउँदै छौं।’

    प्रशिक्षणमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले पौडेल राष्ट्रपतिका लागि उपयुक्त पात्र भएको बताए।प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने पनि बताए। ‘चुनावका बेला म रामचन्द्रजीको निर्वाचन क्षेत्रमा गएर उहाँ प्रधानमन्त्री हुने नेता हो भनेको थिएँ। उहाँ राष्ट्रपति हुनु हुने भयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँले संविधानको रक्षा गर्न सक्नुहुन्छ।’

    ८ दलले संघीय सांसदलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिन सुरू गरेको छ। शुक्रबार सातै प्रदेशमा प्रदेश सभा सदस्यसँग अन्तर्क्रिया गर्ने ८ दलको तयारी छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology