Logo बिहिवार, आश्विन १ गते २०८३
images

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

  • 969
    SHARES

  • यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

    बुटवल,फागुन १६ ।

    सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैङ्कबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायकसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मङ्गलबार सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो निर्णय भएको जानकारी दिनुभयो । साथै विश्व बैंकबाटै प्राप्त हुने ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायतासम्बन्धी सम्झौतालाई पनि अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय भएको बताउनुभयो ।

    यसैगरी, यस अघि विभिन्न मितिमा नेपाल सरकार, मन्त्रिपरिषदबाट शहीद घोषणा भई नेपाल राजपत्रमा नियमावली प्रकाशन हुन बाँकी रहेका शहीदहरूको नामावली गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय बैठकले गरेको छ ।

    सञ्चारमन्त्री शर्माले पर्वतीय प्रशिक्षण विकास समिति (गठन) पाँचौँ संशोधन) आदेश, २०७९ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको बताउनुभयो ।त्यस्तै, बैठकले कतारको दोहामा सम्पन्न हुने अतिकम विकसित मुलुकहरूको पाँचौँ संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई फागुन १९ देखि २३ गतेसम्म भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

    यसैगरी, एसियाली विकास बैङ्कको आयोजनामा फिलिपिन्समा फागुन २५ देखि २६ गतेसम्म आयोजना हुने मध्यकालीन समीक्षा कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तोयम रायालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology